Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वयाेधा अस्पतालका २८ जना काेराेनामुक्त

spot_img
spot_img

वीरगञ्ज । नारायणी वयोधा अस्पताल वीरगंजका २८ जना कोरोना निकाे भएर घर फर्केका छन् । अस्पतालले उपलब्ध गराएकाे जानकारी अनुसार ७ महिलासहित २८ अस्पतालका कर्मचारी मंगलबार कोरोना संक्रमण मुक्त भएर घर फर्केका हुन ।

सङ्क्रमणमुक्त भएर घर फर्किनेमा ९ जना चिकित्सक, ९ जना नर्स, ८ जना हाउस किपिंङका कर्मचारी, एक जना निलिंङ शाखाका कर्मचारी र एक जना संयोजन कर्मचारीसहित २८ जना कोरोनालाई पराजित गरेर घर फर्केको अस्पतालका माक्रेटिङ हेड कृष्णा साहले जानकारी दिए ।

कोरोनालाई पराजित गर्नेमा वरिष्ठ सर्जन डा. रंजन कुमार झा र रेडियोलोगिस्ट डा. प्रदीप साहपनि रहेका छन् ।

डिस्चार्ज भएका कर्मचारीहरु मध्ये केहि अस्पतालमै बस्दै आएका थिए भने केहि होम र केहि पेड होटल आइसोलेशनमा बस्दै आएको साहले बताए । उनले अहिलेपनि २२ जना कर्मचारी सङ्क्रमित भएर आइसोलेशनमा बस्दै आएको जानए ।

दाेस्राे पटक गरिएकाे परिक्षणमा ३ जनाकाे पुन: काेराेना पाेजिटिभ रिपाेर्ट आएकाे उनले जनाए । रिपाेर्ट पाेजिटिभ आएपनि स्वास्थ्य अवस्था ठिक रहेकाे तिनै जना हाेम आइसाेलेसनमा रहेकाे साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...