Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

रेडक्र्स पर्साद्वारा विभिन्न ठाउँमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान

spot_img
spot_img
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान जगरिएकाे छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएको हाे ।
 
जिल्ला प्रशासन कार्यालय पर्सा मै जडान गरिएकाे उक्त मेसिनकाे प्रमुख जिल्ला अधिकारी तामाङ आफै उदघाटन गर्दै  रेडक्रसलाई धन्यवाद दिए । सो मेसिन हस्तान्तरण रेडक्रम पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेल, कार्यक्रम अधिकृत उमेश मिश्र र लेखापाल बिर समसेर प्रसाद कुर्मिको रोहबरमा गरिएकाे थियाे ।
 
यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका शवलाइ ब्यवस्थापन गर्नका लागि रेडक्र्सले नेपाली सेनालाइ २० थान शव ब्यवस्थापन ब्याग र सेल्फ प्याड्ल सेनिटाइजर मेसिन १ थान सहयाेग गरेकाे छ । रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, मन्त्री शैलेन्द्र कुमार चौरसिया र कोषाध्यक्ष महन्थ प्रसाद यादवद्वाराले साे सामग्री नेपाली सेनलाई प्रदान गरेका हुन् ।
 
यस्तै नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र बिरगंजमा दिनहु बिरामी ब्यक्तिको कुरुवाहरु आउने जाने गरेकाे र त्यहाँ कार्यरत रहेका कर्मचारिहरु तथा सेवाग्राहीहरुको लागि पनि एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।
 
रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले उक्त मेसिनकाे उदघाटन गरि रक्तसञ्चार केन्द्रमा स्थापना गरेकाे उनले जानकारी गराए ।
 
यस्तै नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत रेडक्र्स पर्सा जिल्ला शाखामासमेत जडान गरिएकाे श्रीवास्ते जनाए । रेडक्रस पर्साका सभापते कंडेलले सेल्फ प्याड्ल सेनिटाजर मेसिनकाे उद्घाटन गर्दै कर्मचारीहरु स्वयं र सेवाग्राहीहरुले समेत अनिर्वाय रुपमा प्रयोग गरी कोरोना संक्रमणबाट बचन र बचाउन आग्रह गरे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...