Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

रेडक्र्स पर्साद्वारा विभिन्न ठाउँमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान

spot_img
spot_img
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान जगरिएकाे छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएको हाे ।
 
जिल्ला प्रशासन कार्यालय पर्सा मै जडान गरिएकाे उक्त मेसिनकाे प्रमुख जिल्ला अधिकारी तामाङ आफै उदघाटन गर्दै  रेडक्रसलाई धन्यवाद दिए । सो मेसिन हस्तान्तरण रेडक्रम पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेल, कार्यक्रम अधिकृत उमेश मिश्र र लेखापाल बिर समसेर प्रसाद कुर्मिको रोहबरमा गरिएकाे थियाे ।
 
यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका शवलाइ ब्यवस्थापन गर्नका लागि रेडक्र्सले नेपाली सेनालाइ २० थान शव ब्यवस्थापन ब्याग र सेल्फ प्याड्ल सेनिटाइजर मेसिन १ थान सहयाेग गरेकाे छ । रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, मन्त्री शैलेन्द्र कुमार चौरसिया र कोषाध्यक्ष महन्थ प्रसाद यादवद्वाराले साे सामग्री नेपाली सेनलाई प्रदान गरेका हुन् ।
 
यस्तै नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र बिरगंजमा दिनहु बिरामी ब्यक्तिको कुरुवाहरु आउने जाने गरेकाे र त्यहाँ कार्यरत रहेका कर्मचारिहरु तथा सेवाग्राहीहरुको लागि पनि एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।
 
रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले उक्त मेसिनकाे उदघाटन गरि रक्तसञ्चार केन्द्रमा स्थापना गरेकाे उनले जानकारी गराए ।
 
यस्तै नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत रेडक्र्स पर्सा जिल्ला शाखामासमेत जडान गरिएकाे श्रीवास्ते जनाए । रेडक्रस पर्साका सभापते कंडेलले सेल्फ प्याड्ल सेनिटाजर मेसिनकाे उद्घाटन गर्दै कर्मचारीहरु स्वयं र सेवाग्राहीहरुले समेत अनिर्वाय रुपमा प्रयोग गरी कोरोना संक्रमणबाट बचन र बचाउन आग्रह गरे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...