वीरगंजमा बजार अनुगमन, ४ पसललाई एक लाख १० हजार जरिवाना
क्याटकाे पहलमा वाटिका आइसाेलेसनमा आयुर्वेदिक औषधी सहयाेग
वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले आइतबार हाेटल वाटिकाकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरेकाे छ ।
स्वास्थ्य केन्द्रले आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि च्वनप्रास, इम्युनिटी टि, सितोपलादी चूर्ण, अश्वगंधा चूर्ण लगायतकाे औषधी ३० प्याकेट सहयाेग गरेकाे हाे । वाटिकाकाे आइसाेलेसन मै पुगेर क्याट समुह र स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुले साे समाग्री आइसाेलेसन प्रशासनलाई हस्तान्तरण गरेका छन् ।
क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आइसाेलेसन प्रशासनलाई साे ओषधी हस्तान्तरण गरेका हुन् ।
साे अवसरमा क्याटका सदस्य नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, स्वास्थ्य केन्द्रका बैध राजु साह, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
यस अघि पनि भदाै १० गते क्याटकाे पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सात्विक आयुर्वेद अस्पताल वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयुर्वेदिक काढा र औषधी सहयाेग गरेकाे थियाे ।
एसिड पीडित खातुनलाई प्रयटनमन्त्री गरे नगद सहयोग
वीरगंज । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित वीरगंजकी बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।
मन्त्री भट्टराईले खातुनलाई रु ५० हजार नगद सहयोग गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । एसिड प्रहारबाट घाइते भएकी खातुनलाई आफ्नाे मन्त्रालय मै बाेलाएर मन्त्री भट्टराईले साे रकम हस्तान्तरण गरेका हुन् ।
कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।
उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे ।
केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए ।
ठाकुर राममा आंशिक प्रध्यापक निर्देशिका जलाइयाे
वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएकाे छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ बर्षदेखी ज्यालादारीकाे रुपमा कार्यरत आंशिक प्रध्यापककाे विरुद्ध निर्देशिका आएकाे भन्दै आंशिक प्रध्यापकहरुले निर्देशिकाकाे प्रतिलिपी जलाएका हुन् ।
विगत लामाे समयदेखी आंशिक रुपमा कार्यरत रहेका देशभरका सम्पूर्ण आङ्गिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकका बिच समय समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकाेमा त्यसकाे विपरित त्रि.वि. पदाधिकारीले मनाेमानी तरिकाले निर्देशिका ल्याएकाे आंशिक प्रध्यापकहरुले वताएका छन् ।
देशभरीका क्याम्पसमा यसकाे बिराेध भइरहेकाे र ठाउँ ठाउँमा निर्देशिका जलाउने कार्य पनि भइरहेकाे आंशिक प्रध्यापकहरुले जनाएका छन् ।
देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दाेलनमा हाेमिएका प्रध्यापककाे माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएकाे निर्देशिका अमान्य भएकाेले हामीलाई समान कामकाे समान उपलब्ध गराउनु पर्ने एक सूत्रिय माग प्रति वेवस्ता गरिए क्याम्पस खुल्नसाथ सशक्त आन्दाेलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिकाे अध्यक्ष तेजनारायण प्रसाद यादवले वताए ।
एकाइ अध्यक्ष यादवको अध्यक्षतामा भएको बिराेधकाे कार्यक्रममा प्रध्यापक रुदल थाकुर, मुक्त भुसाल, राम प्रसाद पान्न्देय, हेत नारायण, निलम साह, दिप्ति कतुवाल, नारायण साह लगायतकाे उपस्तिथि रहेकाे थियो ।
प्रहरी, बैंकरसहित पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । पर्सामा थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
नारायणी अस्पतालको प्रयोशालामा शनिबार राति गरिएको परिक्षणमा पर्साका २४ जना र बाराका २ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।
संक्रमित हुनेमा ५ महिला र २१ पुरुष रहेका छन् । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।
पर्सा र बाराका ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा २ ६ जना संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी गराए ।
थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।
त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को ३ जना, वडा नम्बर ९, १५ र २५ का २-२ जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का १-१ जना रहेका छन् भने कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् । थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।
त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ भने ३ जनाको २४ भन्दा कम रहेको प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।
विजय रामको हत्याको विरोधमा कलिकामाईमा प्रदर्शन
वीरगंज । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको बेला प्रहरीको निर्घात कुटपिटले मृत्यु भएको युवककाे विरुद्धमा शनिबार कलिकामाई गाउँपालिकामा प्रदर्शन भएको छ ।
मृतक विजय रामलाई न्याय दिलाउन र दोषी प्रहरी अधिकृतहरुलाईलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा चलाउनु पर्ने माग गर्दै त्यहाँका स्थानिय दलित समुदायहरू प्रदर्शन गरेका हुन । कलिकामाई गाउँपालिका वार्ड न- १ मूर्लीका दलित अगुवा जयकुमार पासवानको अगुवाइमा निस्केकाे र्याली मुर्ली गाँउ परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
कोण सभामा दलित नेता सुब्बा राम, लालबीहरी राम, इश्क कुमार पासवान, शम्भु पासवान, देवनारायण पासवान, हरी पासवान, अम्बिका पासवान, मनोज राम लगायतले राज्यले अविलम्ब दलित समुदायको जिउ ज्यानको सुरक्षाको अनुभित गराउनको लागि विजय रामको हत्यामा संलग्न प्रहरी अधिकृतहरु माथि कडा कार्यवाही गर्नुको साथै रामको परिवारलाई क्षतिपूर्ति पूर्ति दिनु पर्ने माग गरे ।
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साकाे कार्यसमिति बिस्तार
क्याटलाई ग्यास सिलिन्डर र मास्क सहयाेग
वीरगञ्ज । वातावरणसँग जिउने आधार नामक संस्थाले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेको छ ।
कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार एउटा अनौपचारिक कार्यक्रमबीच मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा गएको टोलीले क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँलाई ७ थान ग्यास सिलिण्डर र २ सय थान मास्क हस्तान्तरण गरेको क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।
साे अवसरमा क्याटका सदस्य श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी, वातावरणसँग जिउने आधारका जिल्ला संयोजक विकास चौहान, पर्सा जिल्ला अध्यक्ष रोहित बरनवाल र कोषाध्यक्ष पवन पटेललगायातको सहभागिता रहेको थियो ।
क्याटले पछिल्लो केहि दिनदेखि निषेधाज्ञाका कारण प्रभावित गरिव र अतिविपन्नका लागि नि:शुल्क खाना शिविरपनि सुरु गरेको छ ।












