Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्याटलाई ग्यास सिलिन्डर र मास्क सहयाेग

spot_img
spot_img

वीरगञ्ज । वातावरणसँग जिउने आधार नामक संस्थाले कोभिड एक्सन टिम (क्याट) पर्सालाई सहयोग गरेको छ ।

कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार एउटा अनौपचारिक कार्यक्रमबीच मास्क र ग्यास सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको नेतृत्वमा गएको टोलीले क्याटका संयोजक जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद मियाँलाई ७ थान ग्यास सिलिण्डर र २ सय थान मास्क हस्तान्तरण गरेको क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।

साे अवसरमा क्याटका सदस्य श्याम पटेल, संजीव मिश्रा, शैली चौधरी, वातावरणसँग जिउने आधारका जिल्ला संयोजक विकास चौहान, पर्सा जिल्ला अध्यक्ष रोहित बरनवाल र कोषाध्यक्ष पवन पटेललगायातको सहभागिता रहेको थियो ।

क्याटले पछिल्लो केहि दिनदेखि निषेधाज्ञाका कारण प्रभावित गरिव र अतिविपन्नका लागि नि:शुल्क खाना शिविरपनि सुरु गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...