Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नारायणी एमएमका ५ सहित थप ९३ जना काेराेना मुक्त

spot_img
spot_img
वीरगंज । पर्सामा थप ९३ जना काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । शनिबार विहान विभिन्न उमेर समुहका ९३ जना कोरोना निकाे भई घर फर्केको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
याेसंगै पर्सामा काेराेना संक्रमण निकाे हुनेकाे संख्या एक हजार ४ सय १२ पुगेकाे छ ।
 
काेराेना निकाे हुनेमा नारायणी एमएम वीरगंजमा कार्यकरत ५ जना पनि रहेका छन् । एमएमका शिवनाथ यादव, बिदुर गाैतम, सदाम हुसेन, आनन्द साह र गनेश पाैडेल काेराेना निकाे भएर घर फर्केका हुन् ।
 
उनीहरु संक्रमित भएपछि एफएम रेडियाेलाई आइसाेलेसन वनाएर रेडियाेलाई नियमित प्रसारण पनि गर्दै आएका थिए ।
 
काेराेना निकाे भएका पांचै जनालाई एमएमका स्टेसन मनेजर क्रान्ति साह, प्रेस संगठन पर्साका अध्यक्षसमेत रहेका एमएमका निरज पिठाकाेठे मगर, एमएमकी समाचार प्रमुख माधुरी महताे, पत्रकार सुरेश विडारी, तिवारी यादव, अनेरास्ववियु पर्साका सह संयाेजक मित्रदेव यादव लगायतले खादा ओढाएर बधाई दिएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...