Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

विजय रामको हत्याको विरोधमा कलिकामाईमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको बेला प्रहरीको निर्घात कुटपिटले मृत्यु भएको युवककाे विरुद्धमा शनिबार कलिकामाई गाउँपालिकामा प्रदर्शन भएको छ ।

मृतक विजय रामलाई न्याय दिलाउन र दोषी प्रहरी अधिकृतहरुलाईलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा चलाउनु पर्ने माग गर्दै त्यहाँका स्थानिय दलित समुदायहरू प्रदर्शन गरेका हुन । कलिकामाई गाउँपालिका वार्ड न- १ मूर्लीका दलित अगुवा जयकुमार पासवानको अगुवाइमा निस्केकाे र्‍याली मुर्ली गाँउ परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

कोण सभामा दलित नेता सुब्बा राम, लालबीहरी राम, इश्क कुमार पासवान, शम्भु पासवान, देवनारायण पासवान, हरी पासवान, अम्बिका पासवान, मनोज राम लगायतले राज्यले अविलम्ब दलित समुदायको जिउ ज्यानको सुरक्षाको अनुभित गराउनको लागि विजय रामको हत्यामा संलग्न प्रहरी अधिकृतहरु माथि कडा कार्यवाही गर्नुको साथै रामको परिवारलाई क्षतिपूर्ति पूर्ति दिनु पर्ने माग गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...