Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा बजार अनुगमन, ४ पसललाई एक लाख १० हजार जरिवाना

spot_img
spot_img
वीरगंज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आइतबार वीरगंजमा बजार अनुगमन गरिएकाे छ ।
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिकास्थित पानगलि र रानिघाट रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा अनुगमन गरेकाे हाे ।
 
अनुगमनकाे क्रममा मूल्य सूची नराखेको तथा खरिद, बिक्री विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पसलहरुलाई कारवाहीसमेत गरिएकाे छ ।
 
वीरगंजकाे घण्टाघर पानगलीस्थित रहेकाे सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई रु. ५० हजार, न्यू संतोष जेनरल स्टोरलाई २० हजार, जय पान पसल सेन्टरलाई रु. २० हजार, रानीघाटस्थित रहेकाे न्यू हरिओम किराना पसललाई रु. २० हजार जरिवाना गरि कारवाही गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
पसलमा भेटिएकाे म्याद गुज्रेको ७ बोतल फेन्टा लगायतका पेय पदार्थहरु नष्टसमेत गरिएको अनुगमन टाेलीले जनाएकाे छ ।
 
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको प्रशासन कार्यालयले जनाएकाे छ ।
 
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाण सहित यस कार्यालयको ईमेल daoparsa1@gmail.com उजुरी गर्नु हुन पनि प्रशासन कार्यालयले अनुराेध गरेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...