Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा बजार अनुगमन, ४ पसललाई एक लाख १० हजार जरिवाना

spot_img
spot_img
वीरगंज । उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आइतबार वीरगंजमा बजार अनुगमन गरिएकाे छ ।
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिकास्थित पानगलि र रानिघाट रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा अनुगमन गरेकाे हाे ।
 
अनुगमनकाे क्रममा मूल्य सूची नराखेको तथा खरिद, बिक्री विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पसलहरुलाई कारवाहीसमेत गरिएकाे छ ।
 
वीरगंजकाे घण्टाघर पानगलीस्थित रहेकाे सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई रु. ५० हजार, न्यू संतोष जेनरल स्टोरलाई २० हजार, जय पान पसल सेन्टरलाई रु. २० हजार, रानीघाटस्थित रहेकाे न्यू हरिओम किराना पसललाई रु. २० हजार जरिवाना गरि कारवाही गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
पसलमा भेटिएकाे म्याद गुज्रेको ७ बोतल फेन्टा लगायतका पेय पदार्थहरु नष्टसमेत गरिएको अनुगमन टाेलीले जनाएकाे छ ।
 
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको प्रशासन कार्यालयले जनाएकाे छ ।
 
कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाण सहित यस कार्यालयको ईमेल daoparsa1@gmail.com उजुरी गर्नु हुन पनि प्रशासन कार्यालयले अनुराेध गरेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...