Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साकाे कार्यसमिति बिस्तार

spot_img
spot_img
वीरगंज । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष हरिन्द्र यादवले शनिबार पर्साका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्य समितिलाई पूर्णता दिएका हुन् ।
 
यादवले दिएको जिम्मेवारी अनुसार बरिष्ठ उपाध्यक्षमा दिपक कुमार साह कानु, उपाध्यक्षमा जन्मजय महतो तत्वा, दामोदर यादव, मुना कुमार यादव, सचिवमा जय प्रकाश प्रसाद गुप्ता, सहसचिवमा दिपेश श्रीवास्तव, अमित कुमार पटेल, रन्जन चौरसिया राजिव गुप्ता र कोषाध्यक्षमा प्रिती सिंह रहेका छन् ।
 
त्यसैगरि समितिको सदस्यमा सम्पत कुशवाहा, राहुल गुप्ता, अमित चौरसिया, अनिल साह, निलम साह, सुनिता श्रेष्ठ, अन्जन गुप्ता, अनिल कुमार चौरासीया, राहुल श्रीवासतव, पप्पु गिरि, पार्वती भण्डारी, राजा गुप्ता, रबि प्रकाश पण्डित र रन्जित पटेल रहेका छन् ।
 
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरूको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचार गोष्ठी, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गर्दै युवाहरुको नेतृत्व विकास गर्दै आईरहेको सदस्य राहुल गुप्ताले वताए ।
 
उक्त कार्यक्रममा प्रमुख अतिथि विपी कोइराला युवा नेतृत्व विकास मञ्चका प्रदेश २ का सम्पर्क व्यक्ति मनोहर साह र विशिष्ट अतिथी जिपी कोइराला फाउण्डेशनका सचिव धिरज गुप्ताको पनि उपस्तिथि रहेको थियोे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...