Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साकाे कार्यसमिति बिस्तार

spot_img
spot_img
वीरगंज । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष हरिन्द्र यादवले शनिबार पर्साका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्य समितिलाई पूर्णता दिएका हुन् ।
 
यादवले दिएको जिम्मेवारी अनुसार बरिष्ठ उपाध्यक्षमा दिपक कुमार साह कानु, उपाध्यक्षमा जन्मजय महतो तत्वा, दामोदर यादव, मुना कुमार यादव, सचिवमा जय प्रकाश प्रसाद गुप्ता, सहसचिवमा दिपेश श्रीवास्तव, अमित कुमार पटेल, रन्जन चौरसिया राजिव गुप्ता र कोषाध्यक्षमा प्रिती सिंह रहेका छन् ।
 
त्यसैगरि समितिको सदस्यमा सम्पत कुशवाहा, राहुल गुप्ता, अमित चौरसिया, अनिल साह, निलम साह, सुनिता श्रेष्ठ, अन्जन गुप्ता, अनिल कुमार चौरासीया, राहुल श्रीवासतव, पप्पु गिरि, पार्वती भण्डारी, राजा गुप्ता, रबि प्रकाश पण्डित र रन्जित पटेल रहेका छन् ।
 
वीपी कोइराला युवा नेतृत्व विकास मञ्च जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरूको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचार गोष्ठी, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गर्दै युवाहरुको नेतृत्व विकास गर्दै आईरहेको सदस्य राहुल गुप्ताले वताए ।
 
उक्त कार्यक्रममा प्रमुख अतिथि विपी कोइराला युवा नेतृत्व विकास मञ्चका प्रदेश २ का सम्पर्क व्यक्ति मनोहर साह र विशिष्ट अतिथी जिपी कोइराला फाउण्डेशनका सचिव धिरज गुप्ताको पनि उपस्तिथि रहेको थियोे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...