Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्याटकाे पहलमा वाटिका आइसाेलेसनमा आयुर्वेदिक औषधी सहयाेग

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले आइतबार हाेटल वाटिकाकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरेकाे छ ।

स्वास्थ्य केन्द्रले आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि च्वनप्रास, इम्युनिटी टि, सितोपलादी चूर्ण, अश्वगंधा चूर्ण लगायतकाे औषधी ३० प्याकेट सहयाेग गरेकाे हाे । वाटिकाकाे आइसाेलेसन मै पुगेर क्याट समुह र स्वास्थ्य केन्द्रका प्रतिनिधिहरुले साे समाग्री आइसाेलेसन प्रशासनलाई हस्तान्तरण गरेका छन् । 

क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आइसाेलेसन प्रशासनलाई साे ओषधी हस्तान्तरण गरेका हुन् ।

साे अवसरमा क्याटका सदस्य नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नेकपाका प्रतिनिधि संजिव मिश्रा, स्वास्थ्य केन्द्रका बैध राजु साह, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस अघि पनि भदाै १० गते क्याटकाे पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सात्विक आयुर्वेद अस्पताल वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयुर्वेदिक काढा र औषधी सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...