Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

आर्मी र बैंकका कर्मचारीसहित थप १८ जनामा काेराेना संक्रमण

spot_img
spot_img
वीरगंज । पर्सामा शनिबार ६ जना मात्र काेराेना संक्रमित थपिएका छन् । नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति पर्सा र बाराका ५८० जनाकाे स्वाब परिक्षण गर्दा पर्साकाे ६ जनामा मात्र संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
जिल्ला प्रशासन कार्यालयका अनुसार संक्रमित हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । जस मध्ये २० भन्दा कम सिटी भ्यालु २ जनाकाे, २१ देखी २४ सम्म ३ जनाकाे र २५ भन्दामाथी एक जनाकाे रहेकाे छ ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं.०५, १३, १४ मा १-१ जना र पर्सागढी नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा नविल बैंक वीरगंजमा शाखाका कार्यरत ३ जना रहेका छन् ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या २ हजार ३ सय ७७ पुगेकाे प्रशासन कार्यालयले जनाएकाे छ । जसमा एक हजार ८ सय ४६ पुरुष र ५ सय ३१ महिला रहेका छन् ।
 
यता नारायणी अस्पताल कै प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा बाराका १२ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
बाराकाे जितपुर आर्मी ब्यारकका ३ जना, सिम्राैनगढका ६ जना र प्रहरी कार्यालय बाराका ३ जनामा संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...