Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्रहरी, बैंकरसहित पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालको प्रयोशालामा शनिबार राति गरिएको परिक्षणमा पर्साका २४ जना र बाराका २ जनामा संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । 

संक्रमित हुनेमा ५  महिला र २१ पुरुष रहेका छन् । संक्रमितहरु १६ वर्षदेखि ६४ वर्ष उमेर समुहका छन् ।

पर्सा र बाराका ५ सय १० जनाको पिसिआर परिक्षण गर्दा २ ६ जना संक्रमित भेटिएको अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी गराए । 

थपिएका संक्रमित मध्ये वीरगञ्जस्थित कृषि औजार कारखानाको ब्यारेकमा कार्यरत दुई सशस्त्र प्रहरीका जवान र नबिल बैंक वीरगञ्ज शाखामा कार्यरत पाँच जना कर्मचारीपनि रहेका छन् ।

त्यस्तै पर्सामा थपिएका अन्य संक्रमितहरु वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ को ३ जना, वडा नम्बर ९, १५ र २५ का २-२ जना र वडा नम्बर ६, १०, १३, १४, २०, २१ का १-१ जना रहेका छन् भने कालिकामाई गाउँपालिका वडा नम्बर ४ का एक जना र जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक रहेका छन् । थप पाँच संक्रमितहरुको ठेगना खुल्न सकेको छैन ।

त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ का दुई जनामा कोरोना संक्रमण देखिएको छ । 

संक्रमितमध्ये २३ जनाको सिटि भ्यालु २४ भन्दा माथि रहेको छ भने ३ जनाको २४ भन्दा कम रहेको प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...