Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 909

वयाेधामा भएकाे कार्यक्रममा १९ महिलासहित ७२ जनाद्वारा रक्तदान

0

वीरगंज । नारायणी वयाेधा हस्पिटल वीरगंजकाे आयाेजनामा बुधबार भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

हस्पिटल परिसरमा भएकाे कार्यक्रममा १९ महिलासहित ७२ जनाले रक्तदान गरेकाे हस्पिटलका मार्केटिङ्ग हेड कृष्णा साहले जानकारी दिए ।

कार्यक्रममा सलमा अन्सारी, प्रियान्का पटेल, बबिता अधिकारी, मनाेज पटेल, बृजकिशाेर गुप्ता, रिशवभ बर्मा, सगुन सापकाेटा, बिकास जयसवाल, शम्भु यादव, बादल प्राजुली, मनिष गुप्ता, राहुल राैनियार, साजन साह, नविन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

हस्पिटलका सुविधा प्रबन्धक डा. राजनिश भारतीकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख साराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे ।

कालिकामाईका ३ सहित पर्साका थप १५ जनामा काेराेना संक्रमण

0

वीरगंज । पर्साका १५ सहित थप २२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार गरिएकाे परिक्षणमा पर्साका १५ र बाराका ७ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । संक्रमितहरु ९ बर्षदेखी ५४ बर्ष सम्मका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु ३ देखी ३४ सम्म रहेकाे छ ।

पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का २ जना, वडा नं. २ का एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १४, १५ का २-२ जना, वडा नं. १, १३ का एक-एक जना, पर्सागढी नगरपालिकाकाे वडा नं. ८ का २ जना, वडा नं. ५ का एक जना, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ का एक जना संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे जितपुर सिमरा नगरपालिकाका वडा नं. १, २, ३, ७, १६ का एक-एक जना, वडा नं. ७ का २ जना संक्रमित भएका छन् ।

पकहा मैनपुरमा राजपाबाट जसपामा प्रबेश, स्वागत गरे अध्यक्ष यादव

0

वीरगन्ज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी (जसपा) काे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा नं. ३ स्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालय पकहामैनपुरमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले राज्यले उत्पीडनमा पारेका जनजाति, दलित, मधेसी लगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म देशमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे ।
 
कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे । उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको वताए ।
 
पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने दाबीसमेत गरे ।
 
जसपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताए । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाए ।
 
३ सय देखी ४ सय जनाकाे सहभागिता रहेकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११ सय जनाले प्रबेश गरेकाे कार्यक्रम संचालन गर्नेले जनाए ।
 
मदन साेनारकाे नेतृत्वमा  १२५ जना, उपेन्द्र सहनीकाे नेतृत्वमा २२५ जना, कमलेश यादव, भाेला साह, उपेन्द्र यादव, सुदर्शन राम लगायतकाे ११ जनाले पार्टी प्रबेश गरेका वताइएकाे थियाे । पार्टी कै स्थानिय नेताहरुले वताए अनुसार पार्टी प्रबेश गर्ने गाउँपालिकाकाे वडा नं. ४ निवासी मदन साेनार संघिय समाजवादी पार्टी मै रहेकाे व्यक्ति हुन् । 
 
त्यस्तै वडा नं. २ निवासी उपेन्द्र सहनी राजपाका स्थानिय नेता हुन् । उनले गत स्थानिय तहकाे निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा चुनावसमेत लडेका थिए । अर्का नव प्रबेशी कमलेश यादव तत्कालिन समाजवादी पार्टी मै रहेकाे व्यक्ति हुन् । उनी पहिला नयाँ शक्तिमा रहे पनि पार्टी एकिकरण भएपछि समाजवादी पार्टी मै बस्दै आएका छन् ।
 
अब राजपा र समाजवादी पार्टी बिचसमेत एकिकरण भइसकेकाेले पार्टी प्रबेशकाे कुनै अर्थ नरहेकाे पार्टी कै नेताहरुले वताएका छन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष यादवसहितका नेताहरुले फुलमाला र अबिरकाे टिका लगाई स्वागत गरेका थिए ।
 
तत्कालिन समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका अध्यक्ष बिनोद मेहताको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय नेता राजेन्द्र श्रेष्ठ, प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य प्रह्लाद गिरी, सिंघासन साह कलवार, मंजुर आलम, जन्नत अन्सारी,  करीमा बेगम, नेता नेजामुदिन सम्मानी, वीरेन्द्र यादव, शिवजी साेनी, सुन्दर कुर्मी, रामनरेश यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेश द्विवेदी, पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, सहिदकी आमासमेत रहेकी गाउँपालिका उपाध्यक्ष कुशमी देबी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

रेडक्रसद्वारा छिपहरमाई गाउँपालिकालाई सरसफाइ सामग्री सहयाेग

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकालाई नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाले सहयाेग गरेकाे छ । 

जिएसएफ युएनहैविटाटकाे सहयाेगमा गाउँपालिकालाई विभिन्न किसिमकाे सरसफाई सामग्री सहयाेग गरिएकाे रेडक्रसका सुरज कुमार सिंहले वताए ।

रेडक्रस पर्साले स्टेन्डसहित एचडिपिई ट्यांक ३ थान, १० लिटरकाे बाल्टिन २ थान, मग २ थान, ४० किलाे क्षमता भएकाे कभर डस्टबिन २ थान, १२५ ग्रामकाे हेन्डवास १२० पिस, १०० ग्रामकाे हेन्डवास १२० पिस, २०० एमएल लिकुइड हेन्डवास १५ पिस, २७५ एमएलकाे हेन्ड सेनिटाइजर १० पिस, सेनेटरी प्याड ३० प्याकेट, सर्जिकल माक्स ५०० पिस, लुज ग्लबस १०० पिस लगायतकाे सामग्री गाउँपालिकालाई सहयाेग गरेकाे उनले जानकारी गराए । 

रेडक्रस प्रतिनिधि सिंहले गाउँ कार्यपालिकाकाे कार्यालय भिस्वा मै पुगी उप प्रमुख मोदिना खातुनलाई साे सामग्री हस्तान्तरण गरेकाे जनाए । साे अवसरमा रेडक्रस पर्सा शाखाका प्रभाकर गुप्ता, अजित पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रेडियो सान्भी र साझा डेलीको उद्घाटन

0

वीरगञ्ज । पीसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलीको आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन भएको छ ।

रेडियो र अनलाइनको पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

गएको माघ ३ गते परीक्षण प्रशारण शुभारम्भ गरेको रेडियो प्रजातन्त्र दिवस फागुन ७ गतेदेखि नियमित प्रशारणमा गएको थियो ।

वीरगञ्जबाट प्रशारण सुरु गरेको रेडियो सान्भी र साझा डेलीको उद्घाटन पश्चात बोल्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फाँसीवादतर्फ उन्मुख केपी ओली नेतृत्वको वर्तमान सरकारलाई प्रतिपक्षले भन्दा पनि मिडियाले खबरदारी गरिरहेको जिकिर गर्नुभएको छ ।

पिसी मिडिया नेटवर्कद्धारा सञ्चालित रेडियो सान्भी ९६.४ मेगाहर्ज र साझा डेली डट कमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेता भट्टराईले पछिल्लो समय लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउनका निमित्त मिडियाले ठूलो भुमिका खेलेको बताउनुभयो ।

विगत दुई दशकयता भएको डिजिटल क्रान्तिले मिडिया व्यक्तिको घर घरमा, पकेट पकेटमा पुगेको भट्राईले बताउनुभयो । उहाँले कोभिड महामारीले अर्थतन्त्र तहसनहस भएको बेला फाँसीवादतर्फ उन्मुख भई निदाइरहेको वर्तमान शासकहरुलाई खबरदारी गर्न राजनैतिक दलले भन्दा पनि मिडियाले ठूलो भुमिका खेलिरहेको बताउनुभयो ।

आफ्नो पार्टीको तर्फबाट आत्मालोचना गर्दै डा. भट्टराईले वर्तमान निकम्मा सरकारलाई झक्झक्याउनका निमित्त राजनीतिक दलहरुले जुन भुमिका खेल्नु पथ्र्यो त्यसमा चुकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पार्टी भर्खरै एकीकरण भई समायोजनको प्रक्रियामा छ, यसको छुट हामीलाई छ तर स्थापित भनिएको प्रतिपक्ष दलले समेत सरकारको निकम्मापनलाई उजागर गरिरहेको छैन, यस्तो अवस्थामा मिडियाले अग्रगामी भुमिका खेलेको छ, यो यथार्थ हो ।’

एक अर्को प्रसगंमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले मिडिया स्वतन्त्र होस् भन्ने आफुले चाहेको बताउनुभयो । तर मिडियाको व्यवस्थापनको पाटो स्वतन्त्र हुन सकेन भने मिडिया स्वतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो ।

‘कर्पोरेट लगानीमा स्थापित मिडिया आर्थिक रुपमा जबसम्म पूर्ण स्वायत्त हुदैंन, तबसम्म मिडिया स्वतन्त्र हुन सक्दैन” उहाँले भन्नुभयो । पिसि मिडिया नेटवर्कले यसको शुरुवात गरोस् भन्दै उहाँले भोलिका दिन आर्थिक राजधानीको रुपमा वीरगञ्ज हुन सक्ने भन्दै यो मिडियाले राष्ट्रिय स्तरको भुमिका खेल्ने गरी अघि बढ्नुपर्ने शुभकामना दिनुभयो ।

यस्तै, जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मिडियालाई लोकतन्त्रको मापन गर्ने थर्मोमिटरको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो ‘मिडिया भनेको थर्मोमिटर जस्तै हो, कुन मुलुकमा कति नागरिकले कति स्वतन्त्रता पाएका छन् ? लोकतन्त्रको अवस्था के छ, त्यो नाप्ने माध्यम भनेको मिडिया हो ।’

त्यसकारण, कुनै पनि देशमा प्रेस स्वतन्त्रता छ भने लोकतन्त्र पनि स्थापित रहेको मान्न सकिने पूर्व उप प्रधानमन्त्री यादवको जिकिर छ । मिडियाले सबै आन्दोलनमा अहम भुमिका खेलेको भन्दै नेता यादवले न्यायका लागि समानता स्थापित गर्न मिडिया अझै प्रभावकारी रुपमा अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पत्रकारको मिडिया ऐन बनाउँदा गाह्रो भएको अनुभव सुनाउनु भयो । कार्यक्रममा यस सम्बन्धमा उठेका प्रश्नको जवाफ दिर्दै मुख्यमन्त्री राउतले आफ्नो यस्तो चाहना नहुँदा नहुँदै विभिन्न कारणले गर्दा मिडिया ऐन ल्याउन बाध्य भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘मिडिया ऐन ल्याउँदा पत्रकारका प्रतिनिधिसँग छलफल नगरेको होइन तर के नमिलेको नमिलेको जस्तो भयो तर पत्रकारको भावनालाई कुठराघात गर्ने प्रदेश सरकारले मनसाय होइन ।’ मिडिया ऐनमा पत्रकारहरुको केही चाहना नभएका होलान्, त्यसका लागि आवश्यकता र औचित्यका आधारमा ऐन संशोधन गरिने प्रतिबद्धता मुख्यमन्त्री राउतले जाहिर गर्नुभयो ।

मिडिया ऐन दशैं अघि नै संशोधन गर्ने प्रयास भइरहको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा जनताको माझमा गएर रेडियो र अनलाईनले सत्य तथ्य सूचना सम्प्रेषण गरी प्रभाव स्थापित गर्न सकोस् भन्ने शुभकामना पनि दिनुभयो ।

यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले बलिदानीबाट स्थापित प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने गरी कानुन ल्याएको आरोप लगाउनु भएको थियो । उहाँले प्रदेश सरकारलाई प्रेस मैत्री हुन सुझाव दिनुभयो । प्रदेश सरकार पत्रकारप्रति किन पूर्वाग्रही भइरहेको छ ? विरक्तिभाव किन प्रकट गरिरहेको छ ? आफुले बुझ्न नसकेको उपाध्यक्ष लामिछानेले भन्नुभयो ।

रेडियो सान्भीका महाप्रबन्धक नवराय फुँयालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जसपाका नेता राजेन्द्र श्रेष्ठ, संघीय सांसदद्धय प्रदीप यादव र हरिनारायण रौनियार, प्रदेश सांसदहरु करिमा बेगम, सिंहासन साह कलवार, भिमा यादव, जनत अन्सारी र मन्जुर आलम, जसपा नेताहरु नेजामुद्दिन समानी, रामनरेश यादव, तबरेज अहमद, सञ्चारकर्मी, चिकित्सक, श्रोता, नागरिक समाजका विभिन्न क्षेत्रका व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनमा रेडियाका कार्यक्रम संयोजक हेमन्त तामाङले सहजीकरण गर्नुभएको थियो भने अशोक संग्रौलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।    

महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फाल्ने पक्राउ

0
आराेपति पैठानलाई घटनास्थल मै प्रहरी लगी मुचुल्का उठाउदै । तस्बिर : कालिका टाइम्स

वीरगंज । महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फालेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारी निवासी बर्ष ३१ का महमद रैफुल खाँ पैठान (शैफुल खाँ) रहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ स्थित गंगोल नदीमा असाेज २१ गते विहान एक महिलाको शव फेला परेको थियाे । कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हाथ र खुट्टा बाधेकाे अवस्थामा शव फेला परेकाे महिलाकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

साे महिला भारत बिहार रक्साैल पन्टाेका निवासी ३५ बर्षिय रेहाना नेसा रहेकी प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । पक्राउ परेका पैठानले साे महिलाकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरस्थित गंगाेल नदी किनारमा रहेका भागवतीकाे मन्दिरमा लगि हत्या गरी साेही नदीमा हात र खुट्टा बाधेर फालेकाे स्विकारसमेत गरि सकेकाे प्रहरीले जनाएकाे छ ।  

पैठानकाे ति महिलासंग अनैतिक सम्बन्ध रहेकाे पनि खुलेकाे छ । ति महिला वीरगंज रानीघाटस्थित काेठा भाडामा लिएर बस्दै आएका थिइन । हत्या किन र के कारणले गरेकाे भन्ने बारे विस्तृत विवरण जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक के के ब्रतवला नेतृ्त्वकाे प्रहरी टाेलीले आज आराेपित पैठानलाई घटनास्थल मै लगी मुचुल्कासमेत उठाएकाे छ ।  

पाेखरियाकाे चाैथाे नगर सभा सम्पन्न

0

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकाको चौथो नगर सभा साेमबार सम्पन्न भएको छ । नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ काे लागि रु ५० करोड ७५ लाख ३५ हजार ३ सय ३७ बराबरकाे नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा ७ करोड घाटा बजेट सच्याएर प्रसतुत गरिएको थियो ।

पोखरिया नगरपालिकाको सभा हलमा भएकाे नगर सभाकाे उद्घाटन नगर प्रमुख दिपनारायण रौनियारले गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै प्रमुख रौनियारले यस बर्षकाे बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा विशेष जोड दिइएकाे वताए ।

उप प्रमुख सलमा खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन ।

प्रमुख प्रसाशकीय अधिकृत अमित गिरीले जनताहरुको काम छिटो र छरितो हुने दाबी गरे । जनता हरुको कामकाजमा ढिलाई गर्ने कर्मचारीहरु लाई कार्वाही गर्ने बताए । आउदो दिनमा जनप्रतिनिधिहरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिकोको बिकासको गति लिने अधिकृत गिरीले बताए । 

नगर सभा मै नगरपालिकामा कार्यरत उतकृष्ठ कर्मचारी वडा सचिव निरज कुमार सहनीलाई दोसाला ओढाई प्रशंसा पत्रबाट सम्मानितसमेत गरिएको थियो । साथै नगरपालिकाको स्वास्थ्य संयोजक सेवा अवकास भएका अमलेश्वर मिश्रालाई बिदाई समेत गरिएको थियाे ।

नगर प्रमुख राैनियारकाे अध्यक्षतामा भएकाे नगर सभामा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे, ईन्जिनियर मुकेश कुमार बानिया, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार लगायत नगर सभाका सदस्य तथा कर्मचारीकाे सहभागिता रहेकाे थियाे । सभाकाे संचालन लेखापाल मनाेज तिवारीले गरेका थिए ।

स्वास्थ्य कार्यालयकाे जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि सम्पन्न

0

वीरगंज । जिल्ला स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्साको सभाहलमा आईतवार देखि सञ्चालित दुई दिने समिक्षा गोष्ठि सोमवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का स्वास्थ्य प्रशासक मुक्तिनारायण साहले गत वर्षमा भएका विभिन्न गतिविधि सन्तोषजनक रहेको र आउने दिनमा पनि कोरोना माहामारीलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाउदै आ–आफ्नो कार्य जिम्मेवारीका साथ पुरा गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका नवल किशोर साहले आ.व. २०७६÷०७७ को वार्षिक कार्यपत्र प्रस्तुत गर्दै खास गरी खोप, परिवार नियोजन, पोषण, क्षयरोग, कुष्टरोग लगायतमा विशेष जोड दिईएको बताए । सो अवसरमा जनस्वास्थ्य निरिक्षक जयमोद ठाकुरले कोरोना महामारीको बीच पर्सा जिल्लामा भए गरेका गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्सा जिल्लामा रहेका १४ वटै पालिकाका स्वास्थ्य प्रमुखहरुले आ–आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका राजेश साह लगायत विभिन्न एनजिओ, आईएनजिओका ४५ जनाको सहभागीता रहेको नवल किशोर साहले जानकारी दिनु भयो ।

वीरगंजबाट एक नक्कली डाक्टर पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट नक्कली डाक्टर एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ०३ निवासी वर्ष ४० को नारद साह तेली पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.०२, छप्कैयास्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेकाे अवस्थामा शुक्रबार दिउसाे २:३० बजे उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई निजलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आइतबार पर्सा जिल्ला अदालत, पर्साबाट ऐ.२३ गते देखि नै लागु हुनेगरि मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा  ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

पर्सागढीमा नि:शुल्क आँखा शिविर सम्पन्न

0

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखीमा साेमबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय निमावि पंचरुखीमामा भएकाे शिविरमा ३ सय ३१ जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये  १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको जनता समाजवादी पार्टीका नेतासमेत रहेका साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वताए ।

माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन भएकाे शिविरमा माेतियाबिन्दु फेला परेकाहरुकाे कार्तिक १५ गतेदेखि नि:शुल्क शल्यक्रियासमेत गरिने उनले जानकारी गराए ।

शिविर उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी, जनता समाजवादीका नेता सिंह, प्रेम बाबु पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम मियाँ, उमेशलाल सहनी, मुकेश द्धिवेदी, आमोद यादव, शशि पाण्डे, माट्रिका आई फाउन्डेसनका महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।

शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियतामा संचालन भएको थियो ।