Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सागढीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखीमा साेमबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी पर्सागढी नगर कार्य समितिको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय निमावि पंचरुखीमामा भएकाे शिविरमा ३ सय ३१ जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये  १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको जनता समाजवादी पार्टीका नेतासमेत रहेका साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वताए ।

माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन भएकाे शिविरमा माेतियाबिन्दु फेला परेकाहरुकाे कार्तिक १५ गतेदेखि नि:शुल्क शल्यक्रियासमेत गरिने उनले जानकारी गराए ।

शिविर उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी, जनता समाजवादीका नेता सिंह, प्रेम बाबु पटेल, सुन्दर कुर्मी, शशिकपूर मियाँ, मुस्तकिम मियाँ, उमेशलाल सहनी, मुकेश द्धिवेदी, आमोद यादव, शशि पाण्डे, माट्रिका आई फाउन्डेसनका महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे ।

शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियतामा संचालन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...