Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पकहा मैनपुरमा राजपाबाट जसपामा प्रबेश, स्वागत गरे अध्यक्ष यादव

spot_img
spot_img

वीरगन्ज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी (जसपा) काे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा नं. ३ स्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालय पकहामैनपुरमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले राज्यले उत्पीडनमा पारेका जनजाति, दलित, मधेसी लगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म देशमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे ।
 
कार्यक्रमका प्रमुख अतिथि डा. भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे । उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको वताए ।
 
पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने दाबीसमेत गरे ।
 
जसपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताए । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाए ।
 
३ सय देखी ४ सय जनाकाे सहभागिता रहेकाे कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ११ सय जनाले प्रबेश गरेकाे कार्यक्रम संचालन गर्नेले जनाए ।
 
मदन साेनारकाे नेतृत्वमा  १२५ जना, उपेन्द्र सहनीकाे नेतृत्वमा २२५ जना, कमलेश यादव, भाेला साह, उपेन्द्र यादव, सुदर्शन राम लगायतकाे ११ जनाले पार्टी प्रबेश गरेका वताइएकाे थियाे । पार्टी कै स्थानिय नेताहरुले वताए अनुसार पार्टी प्रबेश गर्ने गाउँपालिकाकाे वडा नं. ४ निवासी मदन साेनार संघिय समाजवादी पार्टी मै रहेकाे व्यक्ति हुन् । 
 
त्यस्तै वडा नं. २ निवासी उपेन्द्र सहनी राजपाका स्थानिय नेता हुन् । उनले गत स्थानिय तहकाे निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा चुनावसमेत लडेका थिए । अर्का नव प्रबेशी कमलेश यादव तत्कालिन समाजवादी पार्टी मै रहेकाे व्यक्ति हुन् । उनी पहिला नयाँ शक्तिमा रहे पनि पार्टी एकिकरण भएपछि समाजवादी पार्टी मै बस्दै आएका छन् ।
 
अब राजपा र समाजवादी पार्टी बिचसमेत एकिकरण भइसकेकाेले पार्टी प्रबेशकाे कुनै अर्थ नरहेकाे पार्टी कै नेताहरुले वताएका छन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष यादवसहितका नेताहरुले फुलमाला र अबिरकाे टिका लगाई स्वागत गरेका थिए ।
 
तत्कालिन समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका अध्यक्ष बिनोद मेहताको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय नेता राजेन्द्र श्रेष्ठ, प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य प्रह्लाद गिरी, सिंघासन साह कलवार, मंजुर आलम, जन्नत अन्सारी,  करीमा बेगम, नेता नेजामुदिन सम्मानी, वीरेन्द्र यादव, शिवजी साेनी, सुन्दर कुर्मी, रामनरेश यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेश द्विवेदी, पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, सहिदकी आमासमेत रहेकी गाउँपालिका उपाध्यक्ष कुशमी देबी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...