Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कालिकामाईका ३ सहित पर्साका थप १५ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका १५ सहित थप २२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा मंगलबार गरिएकाे परिक्षणमा पर्साका १५ र बाराका ७ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा ५ महिला र १७ पुरुष रहेका छन् । संक्रमितहरु ९ बर्षदेखी ५४ बर्ष सम्मका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु ३ देखी ३४ सम्म रहेकाे छ ।

पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का २ जना, वडा नं. २ का एक जना, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १४, १५ का २-२ जना, वडा नं. १, १३ का एक-एक जना, पर्सागढी नगरपालिकाकाे वडा नं. ८ का २ जना, वडा नं. ५ का एक जना, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ का एक जना संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे जितपुर सिमरा नगरपालिकाका वडा नं. १, २, ३, ७, १६ का एक-एक जना, वडा नं. ७ का २ जना संक्रमित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...