Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

स्वास्थ्य कार्यालयकाे जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्साको सभाहलमा आईतवार देखि सञ्चालित दुई दिने समिक्षा गोष्ठि सोमवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का स्वास्थ्य प्रशासक मुक्तिनारायण साहले गत वर्षमा भएका विभिन्न गतिविधि सन्तोषजनक रहेको र आउने दिनमा पनि कोरोना माहामारीलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाउदै आ–आफ्नो कार्य जिम्मेवारीका साथ पुरा गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका नवल किशोर साहले आ.व. २०७६÷०७७ को वार्षिक कार्यपत्र प्रस्तुत गर्दै खास गरी खोप, परिवार नियोजन, पोषण, क्षयरोग, कुष्टरोग लगायतमा विशेष जोड दिईएको बताए । सो अवसरमा जनस्वास्थ्य निरिक्षक जयमोद ठाकुरले कोरोना महामारीको बीच पर्सा जिल्लामा भए गरेका गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्सा जिल्लामा रहेका १४ वटै पालिकाका स्वास्थ्य प्रमुखहरुले आ–आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका राजेश साह लगायत विभिन्न एनजिओ, आईएनजिओका ४५ जनाको सहभागीता रहेको नवल किशोर साहले जानकारी दिनु भयो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...