Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रेडक्रसद्वारा छिपहरमाई गाउँपालिकालाई सरसफाइ सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकालाई नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाले सहयाेग गरेकाे छ । 

जिएसएफ युएनहैविटाटकाे सहयाेगमा गाउँपालिकालाई विभिन्न किसिमकाे सरसफाई सामग्री सहयाेग गरिएकाे रेडक्रसका सुरज कुमार सिंहले वताए ।

रेडक्रस पर्साले स्टेन्डसहित एचडिपिई ट्यांक ३ थान, १० लिटरकाे बाल्टिन २ थान, मग २ थान, ४० किलाे क्षमता भएकाे कभर डस्टबिन २ थान, १२५ ग्रामकाे हेन्डवास १२० पिस, १०० ग्रामकाे हेन्डवास १२० पिस, २०० एमएल लिकुइड हेन्डवास १५ पिस, २७५ एमएलकाे हेन्ड सेनिटाइजर १० पिस, सेनेटरी प्याड ३० प्याकेट, सर्जिकल माक्स ५०० पिस, लुज ग्लबस १०० पिस लगायतकाे सामग्री गाउँपालिकालाई सहयाेग गरेकाे उनले जानकारी गराए । 

रेडक्रस प्रतिनिधि सिंहले गाउँ कार्यपालिकाकाे कार्यालय भिस्वा मै पुगी उप प्रमुख मोदिना खातुनलाई साे सामग्री हस्तान्तरण गरेकाे जनाए । साे अवसरमा रेडक्रस पर्सा शाखाका प्रभाकर गुप्ता, अजित पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...