Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पाेखरियाकाे चाैथाे नगर सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकाको चौथो नगर सभा साेमबार सम्पन्न भएको छ । नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ काे लागि रु ५० करोड ७५ लाख ३५ हजार ३ सय ३७ बराबरकाे नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा ७ करोड घाटा बजेट सच्याएर प्रसतुत गरिएको थियो ।

पोखरिया नगरपालिकाको सभा हलमा भएकाे नगर सभाकाे उद्घाटन नगर प्रमुख दिपनारायण रौनियारले गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै प्रमुख रौनियारले यस बर्षकाे बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा विशेष जोड दिइएकाे वताए ।

उप प्रमुख सलमा खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन ।

प्रमुख प्रसाशकीय अधिकृत अमित गिरीले जनताहरुको काम छिटो र छरितो हुने दाबी गरे । जनता हरुको कामकाजमा ढिलाई गर्ने कर्मचारीहरु लाई कार्वाही गर्ने बताए । आउदो दिनमा जनप्रतिनिधिहरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिकोको बिकासको गति लिने अधिकृत गिरीले बताए । 

नगर सभा मै नगरपालिकामा कार्यरत उतकृष्ठ कर्मचारी वडा सचिव निरज कुमार सहनीलाई दोसाला ओढाई प्रशंसा पत्रबाट सम्मानितसमेत गरिएको थियो । साथै नगरपालिकाको स्वास्थ्य संयोजक सेवा अवकास भएका अमलेश्वर मिश्रालाई बिदाई समेत गरिएको थियाे ।

नगर प्रमुख राैनियारकाे अध्यक्षतामा भएकाे नगर सभामा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे, ईन्जिनियर मुकेश कुमार बानिया, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार लगायत नगर सभाका सदस्य तथा कर्मचारीकाे सहभागिता रहेकाे थियाे । सभाकाे संचालन लेखापाल मनाेज तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...