Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियाकाे चाैथाे नगर सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया नगरपालिकाको चौथो नगर सभा साेमबार सम्पन्न भएको छ । नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ काे लागि रु ५० करोड ७५ लाख ३५ हजार ३ सय ३७ बराबरकाे नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा ७ करोड घाटा बजेट सच्याएर प्रसतुत गरिएको थियो ।

पोखरिया नगरपालिकाको सभा हलमा भएकाे नगर सभाकाे उद्घाटन नगर प्रमुख दिपनारायण रौनियारले गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै प्रमुख रौनियारले यस बर्षकाे बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकासमा विशेष जोड दिइएकाे वताए ।

उप प्रमुख सलमा खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन ।

प्रमुख प्रसाशकीय अधिकृत अमित गिरीले जनताहरुको काम छिटो र छरितो हुने दाबी गरे । जनता हरुको कामकाजमा ढिलाई गर्ने कर्मचारीहरु लाई कार्वाही गर्ने बताए । आउदो दिनमा जनप्रतिनिधिहरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिकोको बिकासको गति लिने अधिकृत गिरीले बताए । 

नगर सभा मै नगरपालिकामा कार्यरत उतकृष्ठ कर्मचारी वडा सचिव निरज कुमार सहनीलाई दोसाला ओढाई प्रशंसा पत्रबाट सम्मानितसमेत गरिएको थियो । साथै नगरपालिकाको स्वास्थ्य संयोजक सेवा अवकास भएका अमलेश्वर मिश्रालाई बिदाई समेत गरिएको थियाे ।

नगर प्रमुख राैनियारकाे अध्यक्षतामा भएकाे नगर सभामा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे, ईन्जिनियर मुकेश कुमार बानिया, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार लगायत नगर सभाका सदस्य तथा कर्मचारीकाे सहभागिता रहेकाे थियाे । सभाकाे संचालन लेखापाल मनाेज तिवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...