Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फाल्ने पक्राउ

spot_img
spot_img

वीरगंज । महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फालेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारी निवासी बर्ष ३१ का महमद रैफुल खाँ पैठान (शैफुल खाँ) रहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ स्थित गंगोल नदीमा असाेज २१ गते विहान एक महिलाको शव फेला परेको थियाे । कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हाथ र खुट्टा बाधेकाे अवस्थामा शव फेला परेकाे महिलाकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

साे महिला भारत बिहार रक्साैल पन्टाेका निवासी ३५ बर्षिय रेहाना नेसा रहेकी प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । पक्राउ परेका पैठानले साे महिलाकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरस्थित गंगाेल नदी किनारमा रहेका भागवतीकाे मन्दिरमा लगि हत्या गरी साेही नदीमा हात र खुट्टा बाधेर फालेकाे स्विकारसमेत गरि सकेकाे प्रहरीले जनाएकाे छ ।  

पैठानकाे ति महिलासंग अनैतिक सम्बन्ध रहेकाे पनि खुलेकाे छ । ति महिला वीरगंज रानीघाटस्थित काेठा भाडामा लिएर बस्दै आएका थिइन । हत्या किन र के कारणले गरेकाे भन्ने बारे विस्तृत विवरण जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक के के ब्रतवला नेतृ्त्वकाे प्रहरी टाेलीले आज आराेपित पैठानलाई घटनास्थल मै लगी मुचुल्कासमेत उठाएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...