Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 884

भारतको पटनामा भेटिए वीरगंजबाट हराएका दुई बालक

0

वीरगञ्ज । वेपता भएका वीरगंजका दुई बालक भारतकाे पटनामा फेला परेका छन् । शनिबार बिहान साढे ११ बजेदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका हुन् ।

दुवै बालक बिहार प्रहरीलाई भेटेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताए । ’दुवै बालक हाम्रो सम्पर्कमा आएका छन्,’ प्रहरी निरीक्षक पुरीले भने, ’बिहार प्रहरीले हामीलाई सम्पर्क गरेर बालकहरु फेला परेको बताएको छ ।’

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए ।

शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु शनिबार वेपता भएका थिए । बालकहरु वेपता भएपछि उनीहरुका अभिभावकले प्रहरीलाई जानकारी गराउदै सामाजिक सञ्जालमार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह समेत गरेका थिए ।

धोबिनीमा भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु

0

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा न‌ं. ५ , धोबिनीमा आजदेखी भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ ।

प्रतियाेगिताकाे एक कार्यक्रमकाे बिच जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य सलाउदिन अहमदले उद्घाटन गरेका छन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै अहमदले खेलकाे विकार र संरक्षण जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता अहमदले खेलले अनुशासन सिकाउने भएकाेले देश विकासकाे लागि खेलकाे विकास पनि जरुरी रहेकाे धारणा राखे । 

उनले भने “भलिबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन समेत गर्छ ।”

उद्घाटन समाराेहका अध्यक्षता गरेका वडाध्यक्ष मनौवर अहमदले रेफ्रीलाई बल हस्तान्तरण गरि तथा सरभिस गरि खेलकाे शुभारम्भ गरेका थिए ।

उद्घाटन खेल भारतको झुम्का र भारत कै पिडाडी बिच हुदै छ । झुम्काले ट्च जिति बल लिइ खेल हुदै छ । ६ दिन हुने खेलमा भारत र नेपालकाे ७ वटा टिमकाे सहभागिता रहेने आयाेजक वडा कार्यालयले जनाएकाे छ ।

गोली फायरीङ्ग गरी एक क्विनटल गाँजासहित एक जना पक्राउ

0

वीरगंज । बारा प्रहरीले अबैध लागु औषध गाँजा तथा हतियारसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा १०२ के.जि.अबैध लागु औषध गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं. १३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागु औषध गाँजा ओसार पोसार खरिद बिक्री गरी रहेका तस्कर र प्रहरी बिच गोली पनि चलेको थियो ।

प्रहरी टोलीलाई देख्नसाथ अन्दाजी ८÷१० जनाको समूहमा रहेका तस्करहरुले प्रहरीलाई लक्षित गरी गोली फायर गरेकोले उनीहरुको प्रतिकार स्वरुप ठुलो चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गर्नु परेको बारा प्रहरीले जनाएको छ ।

आलु औषध गाँजा तस्कर र प्रहरीबिच भएको गोली फायरीङ्गमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ को ईमान सिंह तामाङ पक्राउ परेका छन् ।

घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाई छिपाई राखेको १०२ के.जि. अवैध लागू औषध गाँजा र तामाङ्गको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

पक्राउ पेरका तामाङ्गलाई हातहतियार खरखजाना र लागू औषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

वीरगंजमा ट्युसन पढ्न गएका दुई बालक बेपत्ताु, खोजी कार्यमा सहयोग गर्न अभिभावकको अपिल

0

वीरगंज । पर्साको दुई जना बालक बेपता भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका शिवेस कलवार र प्रनेश शर्मा यही पुष २५ गते शनिबार बिहानदेखि हराइरहेका छन् ।

ट्युसन सकेर ब्याडमिन्टन खेल्न निस्केका दुवै बेस्ट फ्रेन्ड वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित अपोलो क्लिनिक नजिकैबाट हराएको प्रहरीले जनाएको छ ।

बेपता भएका प्रनेश अपोलो हस्पिटल नजिकै रहेको साथि शिवेसको घरमा बिहान ८ बजे ट्युसन पढ्न गएका थिए । प्रहरी अनुसार ११ बजेसम्म ट्युसन सकेर उनीहरुले शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर घरबाट निस्केका थिए । त्यपछि उनीहरु घर आउन सकेका छैनन् ।

ट्युसन सकेर उनीहरु शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केका छन्,ु वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले भने, ुत्याहाँबाट उनीहरु सोही गल्लिमा रहेको प्रनेशको सानी आमाको घरमा ब्याग छाडेर साइकल लिएर निस्केका छन् ।ु

घरबाट ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केपनि उनीहरु सधै ब्याडमिन्टन खेल्ने ठाउँमा भने नगएको प्रहरी निरीक्षक पुरीले बताए । गौतम स्कुलमा अध्ययनरत १२ वर्षीय शिवेस स्थानीय पर्यटन व्यवसायी जगरनाथ कलवारका छोरा हुन् भने सोही उमेरका प्रनेशका बुवा दिपेश शर्मापनि व्यवसायी हुन् ।

कोरोनाभाइरस महामारीका कारण लागेको लकडाउन र निषेधाज्ञामा छोराहरुको पढाई नबिग्रोस भनेर उनीहरुका अध्ययनका लागि अभिभावकले होम ट्युसन लगाएका थिए ।

ुकोरोनाभाइरसका कारण उनीहरुको पढाईमा प्रभाव नपरोस भनेर हामीले होम ट्युसन लगाएका थियौं,ु दिपेशले भने, ुकहिले ट्युसन टिचर मेरो घर आएर पढाउँथे भने कहिले शिवेसको घरमा गएर । हिजो मेरो छोरा शिवेसको घरमा पढ्न गएको थियो । त्यहिँबाट ब्याडमिन्टन खेल्न निस्केका उनीहरु अहिलेसम्म घर फिर्ता आएका छैनन् ।ु

बालकहरुको खोजीका लागि प्रहरीले आफ्नो मातहातमा रहेका सबै युनिटहरुलाई जानकारी गराएको पुरीले बताए । ुउनीहरु हराएको सूचना हामीले साँझ मात्र थाह पायौँ । जानकारी पाउँनसाथ हामीले खोजि कार्य सुरु गरेका थियौं,ु पुरीले भने, ुअहिले ठाउँ(ठाउँको सिसिटिभी क्यामेराको फुटेज चेक गर्दै छौँ । भन्सार कार्यालयको फुटेज चेक गर्नपनि मैले प्रहरी लगाएको छु ।ु

उनीहरुको बारेमा कुनै जानकारी भएको खण्डमा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

असंवैधानिक कदम विरुद्ध बाराको फेटा बजारमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

0

वीरगंज । बारामा नेपाली कांग्रेसले सरकारले गरेको असंवैधानिक कदम विरुद्ध बिरोध ¥याली तथा बिरोध सभा कार्यक्रम समपन्न गरेको छ ।

देशव्यापी बिरोध कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले बारा क्षेत्र नं ४ प्रदेश ’ख’ फेटा गाउँपालीकाकाको फेटा बजारमा शनिबार बिरोध सभा कार्यक्रम समपन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य वृजलाल यादवले संसद पुनःस्थापना नभएसम्म आफुहरुले निरन्तर बिरोधका कार्यक्रहरु गर्ने बताए । संसद पुनःस्थापना नै सम्पुर्ण नेपाली जन्ताको लागी हित हुने भएकोले सरकारलाई दबाब दिन आम जनता समक्ष आग्रह गरे ।

बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष सुनिल कुमार गुप्ताले सरकारको असंवैधानिक कदमले आम जन्ता दुःख, कस्ट र पिडामा परेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले अबको बिकल्प नेपाली काङग्रेस मात्र भएको हुनाले आउने निर्वाचनमा पाटीलाई पुर्ण बहुमत दिन आम जनता सामु आग्रह गरे ।

परवानीपुर गाउँपालीकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले सरकारको यो असंबैधानिक कदमले मुलुक ठुलो संकटमा फसेको र देशलाई बचाउनको लागी नेपाली कांगेसको ईतिहासलाई सम्झन दिन आएको बताए । उनले समपुर्ण देशको रक्षा गर्नको लागी नेपाली काङग्रेसमाथि सदभाव र विश्वासको वातावरण बनाउन आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बृजलाल यादवको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा, विशिष्ट अतिथि बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष सुनिल कुमार गुप्ता, नेपाली काङग्रेस परवानीपुर गाउँपालीकाका सभापती पुन्देव यादव, प्रतिनिधी सभा उम्मेदवार लालबाबु सिंह, बीश्रामपुर गाउँपालीकाका मेयर अमिरीलाल पाल, प्रदेशसभा उम्मेदवार विजय गुप्ता लगायतका नेताहरुले बिरोध गरेका थिए ।

कार्यक्रममा गाउँपालीका सभापती, वडा अध्यक्षहरु लगायत पाटीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

छिपहरमाईमा नेकपा‌-प्रचण्ड-माधव समुहकाे कार्यकर्ता भेला सम्पन्न

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको भेला सम्पन्न भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे टिहुकीमा शनिबार भएकाे गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै जिल्ला कमिटीका सचिव बिजय प्रसाद महतोले प्रतिगमन विरुद्धकाे आन्दाेलनमा गाउँ गाउँबाट सहभागिता जनाउन आग्रह गरेे ।

गाउँपालिका कमिटीका अध्यक्ष मुक्तिनारायण साहको अध्यक्षतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, जिल्ला कमिटी सदस्य मोतिलाल यादव लगायतकाले मन्तव्य राखेका थिए । 

भेलाले मुक्तिनारायण साह संयोजक र सचिवमा पप्पु प्रसाद यादव रहने गरी १५१ सदस्यीय संघर्ष समिति गठन समेत गरेको छ ।

लंगडीमा नि:शुल्क आँखा शिविर सम्पन्न

0

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । लायन्स कल्ब अफ वीरगंज, मेलेनियम एफ जे एम, केडिया आँखा अस्पताल, धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्रको आयाेजनामा एक दिने शिविर सम्पन्न भएको हाे ।

लंगडी स्वास्थ्य चौकीमा भएको शिविरमा ३ सय ६ जनाले आँखा चेकजाँच गराएका छन् । जस मध्ये १ सय ६१ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको छ ।

शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने छ ।

निशुल्क अाँखा शिबिरमा केडिया आखा अस्पताल चिक्तिसक शिवशंकर प्रसाद, राजदेव साह, लालबाबु पटेल, लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए ।

वडाध्यक्ष मजिद मियाँको अध्यक्षतामा भएको शिविरमा शिबिरमा लायन्स कल्ब अफ वीरगंजका अध्यक्ष सजन अग्रवाल, लायन्स देवकी नन्दन अग्रवाल, पशुपति विक्रम साह, उषा साह, डाक्टर नुरुल होदा, सुवास अग्रवाल, रामविहारी पान्डे, विनय वंशन,  उमेश साह कानु ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण, सहयोगी लालबाबु मंडल, राजेश अधिकारी, चनरमन राउत,  वडा सदस्य मदन सहनी, अरुन कुमार बानिया लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष अमोद केवटले गरेका थिए ।

बहुदरमाईमा नेकपा ओली समुहकाे नगर भेला सम्पन्न

0

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा शनिबार नेकपाको वृहत नगर भेला सम्पन्न भएको छ । नेकपा नेता प्रमोद कुशवाहाको अध्यक्षता एवं नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष हजराले प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर पार्टी भित्रबाट असहयोग गर्ने काम भएको बताए । उनले चौतर्फी घेराबन्दी गरेर देशमा अस्थितरता ल्याउने तत्वका कारण सदन बिघटन गर्नु परेको बताए ।

संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले नेपालको ईतिहासमा प्रधानमन्त्री ओली जति सफल प्रधानमन्त्री अरु कोइ नभएको दावी गरे । नेता गुप्ताले ओली नेतृत्वको सरकराले देशमा स्वास्थ्य, शिक्षा, बिकाश निर्माण तथा कृषि क्षेत्रमा क्रान्ति ल्याएको दावी गरे ।

लिपुलेक, लुम्पियाधुरा र कालापानी सहितको नक्सा पास, पुनःनिर्माण, धरहारा निर्माण, पेट्रोलिय पाईपलाईन बिस्तार, फास्ट ट्रयाक, जलबिद्युत परियोजना निर्माण लगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणले पनि ओली सरकारको सफलपता पुष्टि भएको बताए ।

उनले अमुक व्यत्तिको स्वार्थ पुरा हुन नदिन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको बताउदै गणतन्त्र र संघियता बचाउन बैशाख १७ र २७ गते हुने निर्वाचनमा सहभागी हुन स्थानियलाई अनुराेध गरे ।

उनले नेकपाले नेतृत्व गरेको स्थानिय निकाय बाहेक अधिंकाश स्थानिय तहमा चरम भ्रष्टाचार मौलाएको आरोप लगाए ।

कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुम्न चौहान, फुलझरि देवी, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेकपा युवा नेता यशवन्त यादव, हनिफ अंसारी, सुरज कलवार, बिन्ध्याँचल ठाकुर, खुरम आलम लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य संजिव मिश्रा, अमिताभ बच्चन दास, गणपत कुशवाहा, केदार तिवारी, श्याम गुप्ता, सुनिल कुमार चौरसिया, पुरन प्रसाद कुर्मी, पुर्व गाबिस अध्यक्ष मंगल साह कानु, बाबुलाल यादव, समाजसेवी महानन्द यादव, शिव बालक यादव, राजेन्द्र साह कानु, वडा सदस्य शारदा देवी, युवा नेता रवि गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उमेश साह कानुले गरेका थिए भने सहजीकरण रामबाबु साहले गर्नुभएको थियो । कार्यक्रममा भोजपुरी गायक सुनिल पंडितले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

लोकतन्त्रलाई बचाई राख्न नेपाली कांग्रेसको विकल्प छैन : नेता रिजाल

0

वीरगंज । संसद विघटनको विरोधमा पर्साको प्रदेश निर्वाचन क्षेत्र ४ को (क) र (ख) मा शनिबार नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र नं. ४ को (ख) मा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटन असंवैधानिक रहेको वताए । उनले लोकतन्त्रलाई बचाई राख्न नेपाली कांग्रेस निर्वाचनबाट पछाडी नहटने समेत वताए ।

कालिकामाई गाउँपालिकाको वडा नं. १ मुडलीमा भएको विरोध सभामा वोल्दै नेता रिजालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गलत गरेको पनि वताए । उनले देशमा अहिलेको अव्यवस्थित व्यवस्था ल्याउन प्रधानमन्त्री ओली मात्र दोषी नभई प्रचण्ड र माधव नेपालसहित सिंगो नेकपा नै दोषी रहेको वताए ।

नेकपा नेतृत्वको सरकारले ३ बर्षको अवधिमा केही नगरेको उनले आरोप लगाए । लोकतन्त्रलाई बचाई राख्न र मुलुकलाई निकास दिन नेपाली कांग्रेसको विकल्प नरहेको नेता रिजालको भनाई थियो ।

क्षेत्रिय सभापति बब्लु श्रीवास्तवको अध्यक्षतामा भएको विरोध सभामा महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नविन सिंह, प्रेम थापा, धर्मेन्द्र पटेल, राजिन्द्र प्रसाद कुर्मी, रामेश्वर महतो, नसुरल्लाह मियाँ, धुरेन्द्र साह कानु, छठु साह लगायतकाले मन्तव्य राखेका थिए ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र नं. ४ को (ख) मा पनि नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ ।

जिराभवानी गाउँपालिकाको वडा नं. २ सेढवामा भएको बिरोध सभामा वोल्दै नेता रिजालले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा बिघटन संबैधानिक अधिकार नभएको वताए ।

५ बर्षको अवधी रहेका संसद बिघटन गरी पुनः निर्वाचन गराउन नेपालको आर्थिक अवस्था नरहेको बताउदै नेता रिजालले कम्युनिष्टहरु देशलाई बन्धक बनाउन लागेको कारण नेपाली जनताहरु पनि निर्वाचन चाहेको बताए ।

देशलाई जोगाउन तथा जनताको अधिकारको संरक्षणको लागि नेपाली काँग्रेसको विकल्प नरहेको नेता रिजालको भनाई थियो । उनले भने “देशमा जनताले राजालाई हटाउन त बाकी राखेनन्, ओली सरकार के हुन् ।”

क्षेत्रिय सभापति श्रीकान्त यादवको सभापतित्वमा भएको बिरोध सभामा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसका महासमिति सदस्य बृष्पतिकृष्ण श्रेष्ठ, रामबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर बनायाे : देवेन्द्र पाैडेल

0

वीरगंज । जनताकाे रक्त र पसिनाकाे बिचबाट ल्याइएकाे परिवर्तनलाई काेही एकात व्यक्तिले तलमाथी गर्न खाेजे भने त्याे सम्भव नहुने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पाैडले वताएका छन् । 

नेकपा प्रचण्ड-माधव समुह निकट वीरगंज महानगरपालिकाकाे अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाैडलले त्यस्ताे गर्ने व्यक्तिलाई जनताले सडक संघर्षबाट भए पनि तह लगाउनले वताए । प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर पारेकाे वताउदै नेता पाैडेलले उहाँले गरेकाे संवैधानिक न्युक्ति पनि विवादमा रहेकाे वताए ।

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर गर्न मिल्छ, धवस्त पार्न मिल्न छ प्रशन गर्दै नेता पाैडेलले कमचलाउ सरकारले गरेकाे सबै नियुक्तिहरु अदालतले बदर गर्ने बिश्वास समेत व्यक्त गरे ।

उहाँलाई पार्टी र कमिटी संग कुनै मतलब छैन्, पार्टीकाे निर्णय पनि नमान्ने, बैठकमा पनि नआउने याे के हाे ? के एकात्मक प्रणाली कै लागि लाखाैं लाखाैं जनताले रक्त र पसिनाबाट यस्तै व्यस्था ल्याएका हुन प्रशन गर्दै एकात्म राजतन्त्रिय व्यवस्थालाई समाप्त पारेर समाजबाद उन्मुख राज्य प्रणाली ल्याएकाे वताए । त्यसकाे निमित शुसान चाहिने समेत वताए ।

प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार कसले दियाे प्रशन गर्दै त्यस्ताे गर्न नमिल्ने वताए ।  

चुनावबाट डराउने आफुहरु नरहेकाे वताउदै उनले हुने चुनाव भए नि पत्याउनु वताए । अरु ६ महिना सरकार लम्बयाउनकाे लागि चुनावकाे घाेषणा गरिएकाे नेता पाैडेलकाे भनाई थियाे । 

वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिल्ला सदस्य मनाेज चाैधरी, प्रभाकर गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।