Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

गोली फायरीङ्ग गरी एक क्विनटल गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले अबैध लागु औषध गाँजा तथा हतियारसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा १०२ के.जि.अबैध लागु औषध गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको हो ।

निजगढ नगरपालिका वडा नं. १३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागु औषध गाँजा ओसार पोसार खरिद बिक्री गरी रहेका तस्कर र प्रहरी बिच गोली पनि चलेको थियो ।

प्रहरी टोलीलाई देख्नसाथ अन्दाजी ८÷१० जनाको समूहमा रहेका तस्करहरुले प्रहरीलाई लक्षित गरी गोली फायर गरेकोले उनीहरुको प्रतिकार स्वरुप ठुलो चाईनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गर्नु परेको बारा प्रहरीले जनाएको छ ।

आलु औषध गाँजा तस्कर र प्रहरीबिच भएको गोली फायरीङ्गमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ को ईमान सिंह तामाङ पक्राउ परेका छन् ।

घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाई छिपाई राखेको १०२ के.जि. अवैध लागू औषध गाँजा र तामाङ्गको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

पक्राउ पेरका तामाङ्गलाई हातहतियार खरखजाना र लागू औषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...