Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर बनायाे : देवेन्द्र पाैडेल

spot_img
spot_img

वीरगंज । जनताकाे रक्त र पसिनाकाे बिचबाट ल्याइएकाे परिवर्तनलाई काेही एकात व्यक्तिले तलमाथी गर्न खाेजे भने त्याे सम्भव नहुने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पाैडले वताएका छन् । 

नेकपा प्रचण्ड-माधव समुह निकट वीरगंज महानगरपालिकाकाे अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाैडलले त्यस्ताे गर्ने व्यक्तिलाई जनताले सडक संघर्षबाट भए पनि तह लगाउनले वताए । प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर पारेकाे वताउदै नेता पाैडेलले उहाँले गरेकाे संवैधानिक न्युक्ति पनि विवादमा रहेकाे वताए ।

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर गर्न मिल्छ, धवस्त पार्न मिल्न छ प्रशन गर्दै नेता पाैडेलले कमचलाउ सरकारले गरेकाे सबै नियुक्तिहरु अदालतले बदर गर्ने बिश्वास समेत व्यक्त गरे ।

उहाँलाई पार्टी र कमिटी संग कुनै मतलब छैन्, पार्टीकाे निर्णय पनि नमान्ने, बैठकमा पनि नआउने याे के हाे ? के एकात्मक प्रणाली कै लागि लाखाैं लाखाैं जनताले रक्त र पसिनाबाट यस्तै व्यस्था ल्याएका हुन प्रशन गर्दै एकात्म राजतन्त्रिय व्यवस्थालाई समाप्त पारेर समाजबाद उन्मुख राज्य प्रणाली ल्याएकाे वताए । त्यसकाे निमित शुसान चाहिने समेत वताए ।

प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार कसले दियाे प्रशन गर्दै त्यस्ताे गर्न नमिल्ने वताए ।  

चुनावबाट डराउने आफुहरु नरहेकाे वताउदै उनले हुने चुनाव भए नि पत्याउनु वताए । अरु ६ महिना सरकार लम्बयाउनकाे लागि चुनावकाे घाेषणा गरिएकाे नेता पाैडेलकाे भनाई थियाे । 

वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिल्ला सदस्य मनाेज चाैधरी, प्रभाकर गुप्ता लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...