Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

लोकतन्त्रलाई बचाई राख्न नेपाली कांग्रेसको विकल्प छैन : नेता रिजाल

spot_img
spot_img

वीरगंज । संसद विघटनको विरोधमा पर्साको प्रदेश निर्वाचन क्षेत्र ४ को (क) र (ख) मा शनिबार नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र नं. ४ को (ख) मा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटन असंवैधानिक रहेको वताए । उनले लोकतन्त्रलाई बचाई राख्न नेपाली कांग्रेस निर्वाचनबाट पछाडी नहटने समेत वताए ।

कालिकामाई गाउँपालिकाको वडा नं. १ मुडलीमा भएको विरोध सभामा वोल्दै नेता रिजालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गलत गरेको पनि वताए । उनले देशमा अहिलेको अव्यवस्थित व्यवस्था ल्याउन प्रधानमन्त्री ओली मात्र दोषी नभई प्रचण्ड र माधव नेपालसहित सिंगो नेकपा नै दोषी रहेको वताए ।

नेकपा नेतृत्वको सरकारले ३ बर्षको अवधिमा केही नगरेको उनले आरोप लगाए । लोकतन्त्रलाई बचाई राख्न र मुलुकलाई निकास दिन नेपाली कांग्रेसको विकल्प नरहेको नेता रिजालको भनाई थियो ।

क्षेत्रिय सभापति बब्लु श्रीवास्तवको अध्यक्षतामा भएको विरोध सभामा महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नविन सिंह, प्रेम थापा, धर्मेन्द्र पटेल, राजिन्द्र प्रसाद कुर्मी, रामेश्वर महतो, नसुरल्लाह मियाँ, धुरेन्द्र साह कानु, छठु साह लगायतकाले मन्तव्य राखेका थिए ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र नं. ४ को (ख) मा पनि नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ ।

जिराभवानी गाउँपालिकाको वडा नं. २ सेढवामा भएको बिरोध सभामा वोल्दै नेता रिजालले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा बिघटन संबैधानिक अधिकार नभएको वताए ।

५ बर्षको अवधी रहेका संसद बिघटन गरी पुनः निर्वाचन गराउन नेपालको आर्थिक अवस्था नरहेको बताउदै नेता रिजालले कम्युनिष्टहरु देशलाई बन्धक बनाउन लागेको कारण नेपाली जनताहरु पनि निर्वाचन चाहेको बताए ।

देशलाई जोगाउन तथा जनताको अधिकारको संरक्षणको लागि नेपाली काँग्रेसको विकल्प नरहेको नेता रिजालको भनाई थियो । उनले भने “देशमा जनताले राजालाई हटाउन त बाकी राखेनन्, ओली सरकार के हुन् ।”

क्षेत्रिय सभापति श्रीकान्त यादवको सभापतित्वमा भएको बिरोध सभामा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसका महासमिति सदस्य बृष्पतिकृष्ण श्रेष्ठ, रामबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...