Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा ट्युसन पढ्न गएका दुई बालक बेपत्ताु, खोजी कार्यमा सहयोग गर्न अभिभावकको अपिल

spot_img
spot_img

वीरगंज । पर्साको दुई जना बालक बेपता भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका शिवेस कलवार र प्रनेश शर्मा यही पुष २५ गते शनिबार बिहानदेखि हराइरहेका छन् ।

ट्युसन सकेर ब्याडमिन्टन खेल्न निस्केका दुवै बेस्ट फ्रेन्ड वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित अपोलो क्लिनिक नजिकैबाट हराएको प्रहरीले जनाएको छ ।

बेपता भएका प्रनेश अपोलो हस्पिटल नजिकै रहेको साथि शिवेसको घरमा बिहान ८ बजे ट्युसन पढ्न गएका थिए । प्रहरी अनुसार ११ बजेसम्म ट्युसन सकेर उनीहरुले शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर घरबाट निस्केका थिए । त्यपछि उनीहरु घर आउन सकेका छैनन् ।

ट्युसन सकेर उनीहरु शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केका छन्,ु वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले भने, ुत्याहाँबाट उनीहरु सोही गल्लिमा रहेको प्रनेशको सानी आमाको घरमा ब्याग छाडेर साइकल लिएर निस्केका छन् ।ु

घरबाट ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केपनि उनीहरु सधै ब्याडमिन्टन खेल्ने ठाउँमा भने नगएको प्रहरी निरीक्षक पुरीले बताए । गौतम स्कुलमा अध्ययनरत १२ वर्षीय शिवेस स्थानीय पर्यटन व्यवसायी जगरनाथ कलवारका छोरा हुन् भने सोही उमेरका प्रनेशका बुवा दिपेश शर्मापनि व्यवसायी हुन् ।

कोरोनाभाइरस महामारीका कारण लागेको लकडाउन र निषेधाज्ञामा छोराहरुको पढाई नबिग्रोस भनेर उनीहरुका अध्ययनका लागि अभिभावकले होम ट्युसन लगाएका थिए ।

ुकोरोनाभाइरसका कारण उनीहरुको पढाईमा प्रभाव नपरोस भनेर हामीले होम ट्युसन लगाएका थियौं,ु दिपेशले भने, ुकहिले ट्युसन टिचर मेरो घर आएर पढाउँथे भने कहिले शिवेसको घरमा गएर । हिजो मेरो छोरा शिवेसको घरमा पढ्न गएको थियो । त्यहिँबाट ब्याडमिन्टन खेल्न निस्केका उनीहरु अहिलेसम्म घर फिर्ता आएका छैनन् ।ु

बालकहरुको खोजीका लागि प्रहरीले आफ्नो मातहातमा रहेका सबै युनिटहरुलाई जानकारी गराएको पुरीले बताए । ुउनीहरु हराएको सूचना हामीले साँझ मात्र थाह पायौँ । जानकारी पाउँनसाथ हामीले खोजि कार्य सुरु गरेका थियौं,ु पुरीले भने, ुअहिले ठाउँ(ठाउँको सिसिटिभी क्यामेराको फुटेज चेक गर्दै छौँ । भन्सार कार्यालयको फुटेज चेक गर्नपनि मैले प्रहरी लगाएको छु ।ु

उनीहरुको बारेमा कुनै जानकारी भएको खण्डमा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...