Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजमा ट्युसन पढ्न गएका दुई बालक बेपत्ताु, खोजी कार्यमा सहयोग गर्न अभिभावकको अपिल

spot_img
spot_img

वीरगंज । पर्साको दुई जना बालक बेपता भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका शिवेस कलवार र प्रनेश शर्मा यही पुष २५ गते शनिबार बिहानदेखि हराइरहेका छन् ।

ट्युसन सकेर ब्याडमिन्टन खेल्न निस्केका दुवै बेस्ट फ्रेन्ड वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित अपोलो क्लिनिक नजिकैबाट हराएको प्रहरीले जनाएको छ ।

बेपता भएका प्रनेश अपोलो हस्पिटल नजिकै रहेको साथि शिवेसको घरमा बिहान ८ बजे ट्युसन पढ्न गएका थिए । प्रहरी अनुसार ११ बजेसम्म ट्युसन सकेर उनीहरुले शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर घरबाट निस्केका थिए । त्यपछि उनीहरु घर आउन सकेका छैनन् ।

ट्युसन सकेर उनीहरु शिवेसको आमालाई ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केका छन्,ु वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले भने, ुत्याहाँबाट उनीहरु सोही गल्लिमा रहेको प्रनेशको सानी आमाको घरमा ब्याग छाडेर साइकल लिएर निस्केका छन् ।ु

घरबाट ब्याडमिन्टन खेल्न जाँदै छु भनेर निस्केपनि उनीहरु सधै ब्याडमिन्टन खेल्ने ठाउँमा भने नगएको प्रहरी निरीक्षक पुरीले बताए । गौतम स्कुलमा अध्ययनरत १२ वर्षीय शिवेस स्थानीय पर्यटन व्यवसायी जगरनाथ कलवारका छोरा हुन् भने सोही उमेरका प्रनेशका बुवा दिपेश शर्मापनि व्यवसायी हुन् ।

कोरोनाभाइरस महामारीका कारण लागेको लकडाउन र निषेधाज्ञामा छोराहरुको पढाई नबिग्रोस भनेर उनीहरुका अध्ययनका लागि अभिभावकले होम ट्युसन लगाएका थिए ।

ुकोरोनाभाइरसका कारण उनीहरुको पढाईमा प्रभाव नपरोस भनेर हामीले होम ट्युसन लगाएका थियौं,ु दिपेशले भने, ुकहिले ट्युसन टिचर मेरो घर आएर पढाउँथे भने कहिले शिवेसको घरमा गएर । हिजो मेरो छोरा शिवेसको घरमा पढ्न गएको थियो । त्यहिँबाट ब्याडमिन्टन खेल्न निस्केका उनीहरु अहिलेसम्म घर फिर्ता आएका छैनन् ।ु

बालकहरुको खोजीका लागि प्रहरीले आफ्नो मातहातमा रहेका सबै युनिटहरुलाई जानकारी गराएको पुरीले बताए । ुउनीहरु हराएको सूचना हामीले साँझ मात्र थाह पायौँ । जानकारी पाउँनसाथ हामीले खोजि कार्य सुरु गरेका थियौं,ु पुरीले भने, ुअहिले ठाउँ(ठाउँको सिसिटिभी क्यामेराको फुटेज चेक गर्दै छौँ । भन्सार कार्यालयको फुटेज चेक गर्नपनि मैले प्रहरी लगाएको छु ।ु

उनीहरुको बारेमा कुनै जानकारी भएको खण्डमा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...