Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

लंगडीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । लायन्स कल्ब अफ वीरगंज, मेलेनियम एफ जे एम, केडिया आँखा अस्पताल, धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्रको आयाेजनामा एक दिने शिविर सम्पन्न भएको हाे ।

लंगडी स्वास्थ्य चौकीमा भएको शिविरमा ३ सय ६ जनाले आँखा चेकजाँच गराएका छन् । जस मध्ये १ सय ६१ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको छ ।

शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने छ ।

निशुल्क अाँखा शिबिरमा केडिया आखा अस्पताल चिक्तिसक शिवशंकर प्रसाद, राजदेव साह, लालबाबु पटेल, लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए ।

वडाध्यक्ष मजिद मियाँको अध्यक्षतामा भएको शिविरमा शिबिरमा लायन्स कल्ब अफ वीरगंजका अध्यक्ष सजन अग्रवाल, लायन्स देवकी नन्दन अग्रवाल, पशुपति विक्रम साह, उषा साह, डाक्टर नुरुल होदा, सुवास अग्रवाल, रामविहारी पान्डे, विनय वंशन,  उमेश साह कानु ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण, सहयोगी लालबाबु मंडल, राजेश अधिकारी, चनरमन राउत,  वडा सदस्य मदन सहनी, अरुन कुमार बानिया लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष अमोद केवटले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...