Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

भारतको पटनामा भेटिए वीरगंजबाट हराएका दुई बालक

spot_img
spot_img

वीरगञ्ज । वेपता भएका वीरगंजका दुई बालक भारतकाे पटनामा फेला परेका छन् । शनिबार बिहान साढे ११ बजेदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका हुन् ।

दुवै बालक बिहार प्रहरीलाई भेटेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताए । ’दुवै बालक हाम्रो सम्पर्कमा आएका छन्,’ प्रहरी निरीक्षक पुरीले भने, ’बिहार प्रहरीले हामीलाई सम्पर्क गरेर बालकहरु फेला परेको बताएको छ ।’

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए ।

शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु शनिबार वेपता भएका थिए । बालकहरु वेपता भएपछि उनीहरुका अभिभावकले प्रहरीलाई जानकारी गराउदै सामाजिक सञ्जालमार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह समेत गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...