Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धोबिनीमा भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा न‌ं. ५ , धोबिनीमा आजदेखी भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ ।

प्रतियाेगिताकाे एक कार्यक्रमकाे बिच जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य सलाउदिन अहमदले उद्घाटन गरेका छन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै अहमदले खेलकाे विकार र संरक्षण जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता अहमदले खेलले अनुशासन सिकाउने भएकाेले देश विकासकाे लागि खेलकाे विकास पनि जरुरी रहेकाे धारणा राखे । 

उनले भने “भलिबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन समेत गर्छ ।”

उद्घाटन समाराेहका अध्यक्षता गरेका वडाध्यक्ष मनौवर अहमदले रेफ्रीलाई बल हस्तान्तरण गरि तथा सरभिस गरि खेलकाे शुभारम्भ गरेका थिए ।

उद्घाटन खेल भारतको झुम्का र भारत कै पिडाडी बिच हुदै छ । झुम्काले ट्च जिति बल लिइ खेल हुदै छ । ६ दिन हुने खेलमा भारत र नेपालकाे ७ वटा टिमकाे सहभागिता रहेने आयाेजक वडा कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...