Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

असंवैधानिक कदम विरुद्ध बाराको फेटा बजारमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । बारामा नेपाली कांग्रेसले सरकारले गरेको असंवैधानिक कदम विरुद्ध बिरोध ¥याली तथा बिरोध सभा कार्यक्रम समपन्न गरेको छ ।

देशव्यापी बिरोध कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले बारा क्षेत्र नं ४ प्रदेश ’ख’ फेटा गाउँपालीकाकाको फेटा बजारमा शनिबार बिरोध सभा कार्यक्रम समपन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य वृजलाल यादवले संसद पुनःस्थापना नभएसम्म आफुहरुले निरन्तर बिरोधका कार्यक्रहरु गर्ने बताए । संसद पुनःस्थापना नै सम्पुर्ण नेपाली जन्ताको लागी हित हुने भएकोले सरकारलाई दबाब दिन आम जनता समक्ष आग्रह गरे ।

बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष सुनिल कुमार गुप्ताले सरकारको असंवैधानिक कदमले आम जन्ता दुःख, कस्ट र पिडामा परेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले अबको बिकल्प नेपाली काङग्रेस मात्र भएको हुनाले आउने निर्वाचनमा पाटीलाई पुर्ण बहुमत दिन आम जनता सामु आग्रह गरे ।

परवानीपुर गाउँपालीकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले सरकारको यो असंबैधानिक कदमले मुलुक ठुलो संकटमा फसेको र देशलाई बचाउनको लागी नेपाली कांगेसको ईतिहासलाई सम्झन दिन आएको बताए । उनले समपुर्ण देशको रक्षा गर्नको लागी नेपाली काङग्रेसमाथि सदभाव र विश्वासको वातावरण बनाउन आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बृजलाल यादवको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा, विशिष्ट अतिथि बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष सुनिल कुमार गुप्ता, नेपाली काङग्रेस परवानीपुर गाउँपालीकाका सभापती पुन्देव यादव, प्रतिनिधी सभा उम्मेदवार लालबाबु सिंह, बीश्रामपुर गाउँपालीकाका मेयर अमिरीलाल पाल, प्रदेशसभा उम्मेदवार विजय गुप्ता लगायतका नेताहरुले बिरोध गरेका थिए ।

कार्यक्रममा गाउँपालीका सभापती, वडा अध्यक्षहरु लगायत पाटीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...