जिराभवानी । पर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाइएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाइएको हाे ।
सर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन । उनी गएको महिना बिहे गरि चितवन गएपछि उनका बुवाले नै कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् ।
सर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउने गरेको स्थानीयले बताएका छन् । सर्मिला हिजो मात्र करारको म्याद थप गराइ पुन: आफ्नो ससुरा चितवन नै गएको स्थानीयले गुनासो गरेका छन् ।
तर ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण लाल श्रेष्ठले आफुलाइ सर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउने भन्दै यश बिषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कारवाही गरिने बताए ।
यता स्वास्थ संयोजक रमेश राज थिङ्ले सर्मिला बिहे गरेर गएको आफुलाइ जानकारी भएको तर कार्यालयमा उस्को बुवाले काम गरिरहेको बारे आफुलाइ जानकारी नभएको भन्दै आजै सत्य तथ्य बुझ्न अनुगमन समेत गर्ने बताए ।






विद्यालयका निर्देशक लामाकाे अध्यक्षता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा र लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश चन्द्र गौतमलगायतको सहभागिता रहेको थियो । 







त्यसैगरी, धोबिनी गाउँपालिकाको लंगडी चौकमा पनि संसद विघटनकाे विरुद्धमा विराेध प्रदर्शन गरिएकाे थियाे ।