Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

विद्यालय सुधार योजना विषयगत ३ दिने तालिम सुरु

spot_img
spot_img

वीरगंज । विद्यालय सुधार योजना विषयगत ३ दिने तालिम आइतबारदेखी वीरगंजमा सुरु भएको छ । भिएसो नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शैक्षिक कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो ।

वीरगंजस्थित भिस्वा होटलमा सुरु भएको तालिमको उद्धाटन दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामकान्त पटेलले गरेका थिए । तालिमको उद्धाटन गर्दै निर्देशक पटेलले विद्यालय सुधार योजनालाई व्यवस्थित र प्रभावकारी ढंगले तयार गर्नको साथै कार्यन्वयमा लग्न तालिम आयोजना गरिएको वताए ।

विद्यालयमा भएको समस्या र चुनौतीलाई कसरी विद्यालय योजनामा समावेश गरी समाधान गर्न सकिने उपायको बारेमा पनि तालिममा छलफल गरिने परियोजना संयोजक गणेश ठकुरीले वताए ।

तालिममा परियोजना संचालन रहेको क्षेत्रको ११ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख नरेश महतो र पोखरिया नगरपालिकाको शिक्षा शाखा प्रमुखको सहभागिता रहेको छ ।

३ दिन सम्म चल्ने तालिममा प्रशिक्षक बृजकिशोर पटेल र रामप्रबेश साहले प्रशिक्षण दिइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...