Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

मास्काेट एकेडमीमा १५ महिलासहित ५० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगञ्ज । मास्कोट एकेडमी वीरगंजकाे २० औं वार्षिकोत्सवकाे अवसरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा १५ महिलासहित ५० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए । कार्यक्रममा विद्यालयका निर्देशक छेदुप लामा, उमेश लामा, सरिता खड्की, साेनी थापा, राेशनी श्रेष्ठ, ओमप्रकाश कानु, राहुल तामाङ, रामाशंकर राय यादव, निशा चाैधरी, सिमा घिमिरे, संताेशी देबी, पुजा प्रजापति लगायतकाले  रक्तदान गर्नेकाे उनले जानकारी दिए ।

विद्यालयका निर्देशक लामाकाे अध्यक्षता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा र लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश चन्द्र गौतमलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक अञ्जली श्रेष्ठले दिएकी थिइन भने कार्यक्रम सञ्चालन रोशनी श्रेष्ठले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...