Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

मास्काेट एकेडमीमा १५ महिलासहित ५० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगञ्ज । मास्कोट एकेडमी वीरगंजकाे २० औं वार्षिकोत्सवकाे अवसरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा १५ महिलासहित ५० जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए । कार्यक्रममा विद्यालयका निर्देशक छेदुप लामा, उमेश लामा, सरिता खड्की, साेनी थापा, राेशनी श्रेष्ठ, ओमप्रकाश कानु, राहुल तामाङ, रामाशंकर राय यादव, निशा चाैधरी, सिमा घिमिरे, संताेशी देबी, पुजा प्रजापति लगायतकाले  रक्तदान गर्नेकाे उनले जानकारी दिए ।

विद्यालयका निर्देशक लामाकाे अध्यक्षता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा र लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश चन्द्र गौतमलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक अञ्जली श्रेष्ठले दिएकी थिइन भने कार्यक्रम सञ्चालन रोशनी श्रेष्ठले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...