Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

दिव्य कन्या माविमा कम्प्युटर तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वास्थित रहेकाे दिव्य कन्या माध्यमिक विद्यालयमा साेमबारदेखी छाेटाे अवधिकाे ३९० घण्टा सीपमूलक तालिम अन्तर्गत कम्प्युटर तालिम सुरु भएकाे छ ।

सि.टि. भिटीकाे कार्यालय  प्रदेश नं. २ जनकपुरधामकाे सहयाेग र दिव्य कन्या मावि बिरन्चबर्वाकाे आयाेजनामा सीप मूलक तालिम अन्तर्गत कम्प्युटर हार्डवेयर टेक्निसियन र कम्प्युटर रिपेयर तथा मेन्टेनेस टेक्निसियन तालिम सुरु भएकाे विद्यालयका सहायक प्रशिक्षक राहुल साहले वताए ।

विद्यालयमा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले उद्घाटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामयतन प्रसादकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडाध्यक्ष पवन तिवारी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमान्सु भट्ट, शिक्षक महासंघ कालिकामाईका अध्यक्ष इनरदेव पटेल, सबिता देबी, जानकी देबी लगायतकालेे मन्तव्य राखेका थिए ।

६५ दिन सम्म चल्ने तालिममा प्रशिक्षक श्याम कुशवाहा, राहुल साह, नन्दकिशाेर चाैहान र पुरुषाेत्म चाैरसियाले प्रशिक्षण दिइरहेका छन् ।  दुई समुहमा संचालित तालिममा २०/२० जना गरी ४० जनाकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...