Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजमा भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंजमा आईतबार भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगंज महागनरपालिका वडा नं. ८ रेल्वे रोडस्थित रात्रि मावि नजिकै निर्माण गर्न लागिएको भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरिएको हो ।

केही दिन पहिला भोपुरी भाषाको संरक्षण र विकासको लागि वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको गठन गरेको थियो । उमाशंकर दुवेद्धीको अध्यक्षतामा गठित प्रतिष्ठानको सदस्यमा गणेश लाठ, अनिता साह, डा. रक्षा झा, कामेश्वर चौरसिया, अजमत अली अंसारी, ऋतु राज, रितेश त्रिपाठी, मौषमी कुशवाहा र अशोक कुशवाहा रहेका छन् ।

प्रतिष्ठान भवनको शिलान्यास एक कार्यक्रमका बिच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा गरेका थिए । महानगरपालिकाले उपलब्ध गराएको करिब डेढ कठ्ठा जग्गामा प्रतिष्ठानको सुविधा सम्पन्न भवनको निर्माण थालिएको हो । भवन निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैया बिनियोजन गरि सकेको मेयर सरावगीले जानकारी गराए ।

वीरगंज महानगर पालिकाका मेयर सरावगीको अध्यक्षतामा भएको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनल, विघठित प्रतिनिधि सभा सदस्य लक्ष्मण लाल कर्ण, प्रदिप यादव, हरिनारायण रौनियार, नेपाली कांग्रेस पर्साका सभापति अजय दिवेद्वी, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, लगायतको सहभागी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...