Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजमा भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंजमा आईतबार भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगंज महागनरपालिका वडा नं. ८ रेल्वे रोडस्थित रात्रि मावि नजिकै निर्माण गर्न लागिएको भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरिएको हो ।

केही दिन पहिला भोपुरी भाषाको संरक्षण र विकासको लागि वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको गठन गरेको थियो । उमाशंकर दुवेद्धीको अध्यक्षतामा गठित प्रतिष्ठानको सदस्यमा गणेश लाठ, अनिता साह, डा. रक्षा झा, कामेश्वर चौरसिया, अजमत अली अंसारी, ऋतु राज, रितेश त्रिपाठी, मौषमी कुशवाहा र अशोक कुशवाहा रहेका छन् ।

प्रतिष्ठान भवनको शिलान्यास एक कार्यक्रमका बिच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा गरेका थिए । महानगरपालिकाले उपलब्ध गराएको करिब डेढ कठ्ठा जग्गामा प्रतिष्ठानको सुविधा सम्पन्न भवनको निर्माण थालिएको हो । भवन निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैया बिनियोजन गरि सकेको मेयर सरावगीले जानकारी गराए ।

वीरगंज महानगर पालिकाका मेयर सरावगीको अध्यक्षतामा भएको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनल, विघठित प्रतिनिधि सभा सदस्य लक्ष्मण लाल कर्ण, प्रदिप यादव, हरिनारायण रौनियार, नेपाली कांग्रेस पर्साका सभापति अजय दिवेद्वी, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, लगायतको सहभागी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...