Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

प्रथम मधेश आन्दाेलनकाे शहिदहरुकाे शालिक निर्माण गर्न माग

spot_img
spot_img
वीरगंज । प्रथम मधेश आन्दाेलनका शहिदहरुकाे शालिक निर्माण गर्नकाे लागि जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुकाे एक समुहले वीरगंज महानगरपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।
 
जसपाका नेता राजेशमान सिंह, शशीकपुर मियाँ, जनार्दन यादव, प्रेमबाबु पटेल, उमेशलाल सहनी, मदन यादव, संताेश तिवारी, मुकेश द्विवेदी, अमाेद यादव, शशी पाण्डे, लियाकत अली लगायतकाले साेमबार वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई भेटी २०६२/०६३ को प्रथम मधेश आन्दोलनको सहिदहरूको पनि शालिक बनाउन लिखित ध्यानाकर्षण गराएका हुन् ।
 
उनीहरुले वीरगंज घण्टाघर प्रहरी चाैकी नजिककाे खाली जग्गामा वीरगंज महानगरपालिकाद्वारा सहिदहरुकाे शालिक निर्माण हुनु  अलि सुखत तथा सराहनिय कार्य गरेकाेमा वीरगंज महानगरपालिका धन्यावादकाे पात्र भएकाे ठहर गर्दै मधेश आन्दाेलनका क्रममा पर्सामा शाहादत प्राप्त गरेका सम्पूर्ण बिर सहिदहरुकाे शालिक निर्माण हुनु पर्नेमा २०६२/०६३ काे प्रथम मधेश आन्दाेलनमा शाहदत प्राप्त गरेका सहिदहरुकाे शालिक निर्माण नहुनु दु:खद तथा गैर जिम्मेवारी कार्य भएकाे ठहर समेत गरेकाे छन् ।
 
२०६२/०६३ सालमा भएकाे मधेश आन्दाेलनमा शाहदत प्राप्त गरेका सहिद दिपेन्द्र साह, बिरबल मुखिया विन र महाविर गिरीकाे शालिक निर्माण गर्न गराउ समेत उनीहरु नगर प्रमुखकाे ध्यानाकर्षण गराएका छन् ।
 
दुई दिन अघि शनिबार मात्र वीरगंजकाे घण्टाघर चाैकस्थित प्रहरी चाैकीकाे खालि जग्गामा नवनिर्मित शहिद स्मारक परिसरमा निर्माण गरिएकाे २०७२ सालकाे मधेश आन्दाेलनका ७ जना सहिदहरुकाे शालिक अनावरण गरिएकाे थियाे ।
 
शालिक अनावरण कार्यक्रमका दिन पनि २०६२/०६३ काे मधेश आन्दाेलनका सहिद परिवारसहितकाे एक समुहले प्रथम मधेश आन्दाेनकाे सहिदहरुकाे शालिक निर्माण नगरिएकाे भन्दै बिराेध गरेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...