Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

प्रथम मधेश आन्दाेलनकाे शहिदहरुकाे शालिक निर्माण गर्न माग

spot_img
spot_img
वीरगंज । प्रथम मधेश आन्दाेलनका शहिदहरुकाे शालिक निर्माण गर्नकाे लागि जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुकाे एक समुहले वीरगंज महानगरपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।
 
जसपाका नेता राजेशमान सिंह, शशीकपुर मियाँ, जनार्दन यादव, प्रेमबाबु पटेल, उमेशलाल सहनी, मदन यादव, संताेश तिवारी, मुकेश द्विवेदी, अमाेद यादव, शशी पाण्डे, लियाकत अली लगायतकाले साेमबार वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई भेटी २०६२/०६३ को प्रथम मधेश आन्दोलनको सहिदहरूको पनि शालिक बनाउन लिखित ध्यानाकर्षण गराएका हुन् ।
 
उनीहरुले वीरगंज घण्टाघर प्रहरी चाैकी नजिककाे खाली जग्गामा वीरगंज महानगरपालिकाद्वारा सहिदहरुकाे शालिक निर्माण हुनु  अलि सुखत तथा सराहनिय कार्य गरेकाेमा वीरगंज महानगरपालिका धन्यावादकाे पात्र भएकाे ठहर गर्दै मधेश आन्दाेलनका क्रममा पर्सामा शाहादत प्राप्त गरेका सम्पूर्ण बिर सहिदहरुकाे शालिक निर्माण हुनु पर्नेमा २०६२/०६३ काे प्रथम मधेश आन्दाेलनमा शाहदत प्राप्त गरेका सहिदहरुकाे शालिक निर्माण नहुनु दु:खद तथा गैर जिम्मेवारी कार्य भएकाे ठहर समेत गरेकाे छन् ।
 
२०६२/०६३ सालमा भएकाे मधेश आन्दाेलनमा शाहदत प्राप्त गरेका सहिद दिपेन्द्र साह, बिरबल मुखिया विन र महाविर गिरीकाे शालिक निर्माण गर्न गराउ समेत उनीहरु नगर प्रमुखकाे ध्यानाकर्षण गराएका छन् ।
 
दुई दिन अघि शनिबार मात्र वीरगंजकाे घण्टाघर चाैकस्थित प्रहरी चाैकीकाे खालि जग्गामा नवनिर्मित शहिद स्मारक परिसरमा निर्माण गरिएकाे २०७२ सालकाे मधेश आन्दाेलनका ७ जना सहिदहरुकाे शालिक अनावरण गरिएकाे थियाे ।
 
शालिक अनावरण कार्यक्रमका दिन पनि २०६२/०६३ काे मधेश आन्दाेलनका सहिद परिवारसहितकाे एक समुहले प्रथम मधेश आन्दाेनकाे सहिदहरुकाे शालिक निर्माण नगरिएकाे भन्दै बिराेध गरेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...