Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ठाेरी गाउँपालिकामा छाेरीकाे ठाउँमा बुवाले काम गरिरहेकाे फेला

spot_img
spot_img

जिराभवानी । पर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाइएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाइएको हाे ।

सर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन । उनी गएको महिना बिहे गरि चितवन गएपछि उनका बुवाले नै कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

सर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउने गरेको स्थानीयले बताएका छन् । सर्मिला हिजो मात्र करारको म्याद थप गराइ पुन: आफ्नो ससुरा चितवन नै गएको स्थानीयले गुनासो गरेका छन् ।

तर ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण लाल श्रेष्ठले आफुलाइ सर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउने भन्दै यश बिषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कारवाही गरिने बताए ।

यता स्वास्थ संयोजक रमेश राज थिङ्ले सर्मिला बिहे गरेर गएको आफुलाइ जानकारी भएको तर कार्यालयमा उस्को बुवाले काम गरिरहेको बारे आफुलाइ जानकारी नभएको भन्दै आजै सत्य तथ्य बुझ्न अनुगमन समेत गर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...