Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ठाेरी गाउँपालिकामा छाेरीकाे ठाउँमा बुवाले काम गरिरहेकाे फेला

spot_img
spot_img

जिराभवानी । पर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाइएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाइएको हाे ।

सर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन । उनी गएको महिना बिहे गरि चितवन गएपछि उनका बुवाले नै कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

सर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउने गरेको स्थानीयले बताएका छन् । सर्मिला हिजो मात्र करारको म्याद थप गराइ पुन: आफ्नो ससुरा चितवन नै गएको स्थानीयले गुनासो गरेका छन् ।

तर ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण लाल श्रेष्ठले आफुलाइ सर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउने भन्दै यश बिषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कारवाही गरिने बताए ।

यता स्वास्थ संयोजक रमेश राज थिङ्ले सर्मिला बिहे गरेर गएको आफुलाइ जानकारी भएको तर कार्यालयमा उस्को बुवाले काम गरिरहेको बारे आफुलाइ जानकारी नभएको भन्दै आजै सत्य तथ्य बुझ्न अनुगमन समेत गर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...