Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना कार्यशाला गाेष्ठी सम्पन्न

spot_img
spot_img

बिन्दवासिनी । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा पालिका स्तरिय विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना कार्यशाला गाेष्ठी आइतबार सम्मपन भएकाे छ ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा पर्साकाे आयाेजना र युनिसेफकाे सहयाेगमा सँचालित बाल केन्द्रित विपद् जाेखिम न्युनिकरण कार्यक्रम अन्तर्गत भएकाे गाेष्ठि सम्पन्न भएकाे हाे ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गा.पा.का बाेर्ड सदस्यहरू, शाखा प्रमुखहरू, नेपाल रेडक्रस साेसाइटी उपशाखा अमरपट्टिका सभापति राजेश्वर प्रसाद चाैरसिया र विपद्सँग सराेकार राख्ने विभिन्न ब्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।

गाेष्ठिमा कार्यक्रम प्रमुख उमेश मिश्रा र सबिर अहम्मद एराजले विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना बारे प्रकाश परेकाे समाजिक परिचालिका मीना देबी गुप्ताले जानकारी दिइन ।

जसमा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, निमित प्रमुख प्रशासकिय अधिकृत नरेश चाैहान, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, याेजना प्रमुख सिताराम पँडित, महिला सदस्यहरू किरण देवी, जगमति राम, रूवाबजा खातुन, फुलमति देबी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...