Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संसद विघटनकाे विराेधमा जसपाद्वारा पर्साकाे पालिकाहरुमा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टीले संसद विघटनकाे विराेधमा आइतबार पालिका स्तरिय बिराेध प्रदर्शनकाे छ । केन्द्रिय कमिटिको परिपत्रअनुसार पर्सा जिल्लाकाे १४ वटै स्थानिय तहहरुमा पालिकास्तरिय विरोध प्रदर्शन गरिएकाे जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको विरोधको कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका, जिराभवानी, बिन्दवासिनी, सखुवाप्रसौनि, ठोरी, धोविनि, पकाहमैनपुर, कालिकामाई, छिपहरमाई, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा विरोध प्रदर्शन गरिएको उनले जानकारी गराए ।

गाउँपालिका कमितिकाे आयाेजनामा बिन्दवासिनि गाउँपालिकाको झौवागुठीमा विरोध प्रदर्शन गरिएको थियाे । जसपा गाउँपालिका कमिटिका अध्यक्ष रमेश साह तेलीको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

त्यसैगरी, धोबिनी गाउँपालिकाको लंगडी चौकमा पनि संसद विघटनकाे विरुद्धमा विराेध प्रदर्शन गरिएकाे थियाे ।

मदन प्रसाद चाैहानकाे अध्यक्षता र प्रदेश सभा सदस्य सिंघासन साह कलवारकाे प्रमुख आतिथ्यतामा भएकाे  विराेध प्रदर्शनमा जसपाका नेता सलाउदिन अहमद, धोबिनी गापा वडा नं. ५ का वडाध्यक्ष मनवर अहमद, नेता सुनिल साह, दरेन्दर प्रसाद कुर्मी, भिम साह कानु, रमेश पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिकामा पनि विराेध प्रदर्शन गरिएकाे थियाे । वीरगंज महानगर कमिटिका अध्यक्ष इश्वरचन्द्र यादबको अध्यक्षतामा भएकाे विरोध प्रदर्शनमा जसपा युवा नेता ओमप्रकाश सरार्फ, लालदेव यादव, नगर उपाध्यक्ष शेख रुस्तम, युवा नेता सरोज यादव, तुफान अन्सारी आलम, मनमोहन पाण्डे, हरिन्दर साह लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी, ठोरी गाउँपालिकामा पुर्णसिँह तामांगको अध्यक्षतामा, बहुदरामाई नगरपालिकामा सिँहासन साह कलवारको अध्यक्षतामा, पर्सागढीमा शेख खुर्सेदको अध्यक्षतामा, छिपहरमाईमा इगरासन साह कलवारको अध्यक्षतामा, कालिकामाईमा दिनेश साह कलवारको अध्यक्षतामा विरोध प्रदर्शन भएको जिल्ला सचिव अहमदले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...