Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजका मुर्लिमनोहर मिटर व्याजी कारोबारी भएको आरोप

spot_img
spot_img

वीरगंज  । वीरगंज महानगरपालिकाको वडा नं. १० निवासी मुर्लिमनोहर मातृका मिटर व्याजी कारोवारी भएको खुलासा भएको छ । वीरगंजमा एक पिडित परिवारले पत्रकार सम्मेलनको आयोजना गर्दै मुर्लिमनोहर दाजुभाईले मिटर व्याजी कारोबारी भएको आरोप लगाएका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. १२ निवासी एमडी सहाबुद्दिन अंसारीले पत्रकार सम्मेलन गर्दै मुर्लिमनोहर दाजुभाईसंग आफूले रु १३ लाख ६० हजार कर्जा लिएकोमा सोको दोब्बर रु २६ लाखको दृष्टिबन्धक र सोही मितिमा मलाई झुक्याई उनले मसंग रु २५ लाखको छुट्टै कपाली तमसुक गराएको बताए ।

उनले सोही कपाली तमसुकको आधारमा मुर्लिमनोहर मतृका दाजुभाईले मलाई प्रतिवादी बनाई लेनदेन मुद्दा दायर समेत गरेको बताए । मुर्लिमनोहर र उनका भाई मदनमनोहर मतृकाले पर्सा जिल्ला अदातलमा लेनदेन मुद्दा दायर गरेपछि दुबै दाजुभाईले झुक्याएर छुट्टा–छुट्टै कागज गराएको आफूलाई थाहा भएको उनको भनाई छ ।

दुबै कागजको दाबी रकम अनुसार आफ्नो घर, जग्गा लगायतको सम्पूर्ण सम्पति विक्रि गर्दा पनि तिर्न नसक्ने अवस्था सृजना भएपछि आफूले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको बताए । उजुरीको आधारमा निज दुबै जना दाजुभाईलाई झिकाउँदा प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले रु १३ लाख ६० हजार मात्रै कर्जा दिएको स्वीकार समेत गरिसकेको सुनाए । तर निज दुबै दाजुभाईले मसंग मिटर व्याजीको हिसाब गरि करोडौं रुपैया मागिरहेको उनले बताए । मुर्लिमनोहरले मिटर व्याज असुर उपर गर्न विभिन्न व्यक्तिलाई कर्जा दिई अदालतमा दश थान चेक अनादर तथा लेनदेन मुद्दा दायर गरेको प्रमाण समेत उनले पत्रकार सम्मेलनमा देखाए ।

यस्तै निज दुबै दाजुभाईहरुले अरु थुप्रै संग पनि थोरै पैसा दिएर बढि रकमको तमसुक कपाली कागज र दृष्टिबन्धक गराई ठग्नुको साथै अरुको जग्गा, घर, धन सम्पती हत्याउँदै आएको आरोप समेत लगाए । पत्रकार सम्मेलनमै सहभागि अर्काे पिडित नुरहुलक देवानले आफूलाई पनि मुर्लिमनोहरले रु २ लाख कर्जा दिए पनि रु ११ लाखको दृष्टिबन्धक गराउनुको साथै फेरी अर्काे रु २ लाखको तमसुक कपाली कागज गराएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...