Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजका मुर्लिमनोहर मिटर व्याजी कारोबारी भएको आरोप

spot_img
spot_img

वीरगंज  । वीरगंज महानगरपालिकाको वडा नं. १० निवासी मुर्लिमनोहर मातृका मिटर व्याजी कारोवारी भएको खुलासा भएको छ । वीरगंजमा एक पिडित परिवारले पत्रकार सम्मेलनको आयोजना गर्दै मुर्लिमनोहर दाजुभाईले मिटर व्याजी कारोबारी भएको आरोप लगाएका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. १२ निवासी एमडी सहाबुद्दिन अंसारीले पत्रकार सम्मेलन गर्दै मुर्लिमनोहर दाजुभाईसंग आफूले रु १३ लाख ६० हजार कर्जा लिएकोमा सोको दोब्बर रु २६ लाखको दृष्टिबन्धक र सोही मितिमा मलाई झुक्याई उनले मसंग रु २५ लाखको छुट्टै कपाली तमसुक गराएको बताए ।

उनले सोही कपाली तमसुकको आधारमा मुर्लिमनोहर मतृका दाजुभाईले मलाई प्रतिवादी बनाई लेनदेन मुद्दा दायर समेत गरेको बताए । मुर्लिमनोहर र उनका भाई मदनमनोहर मतृकाले पर्सा जिल्ला अदातलमा लेनदेन मुद्दा दायर गरेपछि दुबै दाजुभाईले झुक्याएर छुट्टा–छुट्टै कागज गराएको आफूलाई थाहा भएको उनको भनाई छ ।

दुबै कागजको दाबी रकम अनुसार आफ्नो घर, जग्गा लगायतको सम्पूर्ण सम्पति विक्रि गर्दा पनि तिर्न नसक्ने अवस्था सृजना भएपछि आफूले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको बताए । उजुरीको आधारमा निज दुबै जना दाजुभाईलाई झिकाउँदा प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले रु १३ लाख ६० हजार मात्रै कर्जा दिएको स्वीकार समेत गरिसकेको सुनाए । तर निज दुबै दाजुभाईले मसंग मिटर व्याजीको हिसाब गरि करोडौं रुपैया मागिरहेको उनले बताए । मुर्लिमनोहरले मिटर व्याज असुर उपर गर्न विभिन्न व्यक्तिलाई कर्जा दिई अदालतमा दश थान चेक अनादर तथा लेनदेन मुद्दा दायर गरेको प्रमाण समेत उनले पत्रकार सम्मेलनमा देखाए ।

यस्तै निज दुबै दाजुभाईहरुले अरु थुप्रै संग पनि थोरै पैसा दिएर बढि रकमको तमसुक कपाली कागज र दृष्टिबन्धक गराई ठग्नुको साथै अरुको जग्गा, घर, धन सम्पती हत्याउँदै आएको आरोप समेत लगाए । पत्रकार सम्मेलनमै सहभागि अर्काे पिडित नुरहुलक देवानले आफूलाई पनि मुर्लिमनोहरले रु २ लाख कर्जा दिए पनि रु ११ लाखको दृष्टिबन्धक गराउनुको साथै फेरी अर्काे रु २ लाखको तमसुक कपाली कागज गराएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...