Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 851

नारी हिंसा

0

-के‌‍.पि. साह /
आज फागुन महिनाको २४ गते अर्थात ‘नारी दिवस’ यस दिनलाई नेपाल सरकारले दिवसको रुपमा मनाउने क्रम चलिआएको छ । के ‘नारी दिवस’ मनाईरहेका नेपालमा नारी कतिको रहेछिन् त । नारी प्रकृतिको स्वीकार गरी ती पुरुषका बंश बढाउने मानव रुपी मेशिन हुन त नारी, नरलाई आफ्नो शरीर भित्र राखी आफ्नो रगतले भरण पोषण गरी नवजात शिशुको रुपमा जन्म दिने आफ्नो छातीको दूध चुसाएर आफ्नो सन्तान अघाएको देखेर खुसी हुने आमा नै हुन नारी ।

रेशमकाे धागोमा विश्वास गरी दाई भाईको हातमा बाँधी मेरो भाई दिर्घायु होस् भन्ने भगवानसंग प्रर्थना गर्ने ती बहिनी पनि हुन नारी, बुवाको आवाज सुनि दौडेर बुवाको काखमा चढेर बाबासंग कोसिली माग्ने ती छोरी नै हुन नारी । धनको लागी लक्ष्मी, विद्याको लागी सरवस्ती र शक्तिको लागी दुर्गाको पाउँमा शिर झुकाई प्रार्थना गर्ने यो समाजमा यथार्तमा नारीको महत्व कतिको रहेछ । चार बर्षे बालिका देखी ६० वर्षे महिलाको इज्जत लुट्दै खोज्दै यस समाजमा के को नारी दिवस ? यस पशु समान्य नरहरुका लागी त चण्डी काली र दुर्गाको अवसरमा नेपाली महिलाहरुलाई अगाडी बढेर आफ्नो शक्तिलाई देखाउनु पर्दछ ।

माया र दायाको खानी, सौन्दर्यकी रानी, सहनशिलताको प्रतिमूर्ति जस्ता शब्दहरुको ‘भाला’ले मुटुलाई छिया छिया पारी दिए पनि पिडा पिएर मुस्कान ओकाल्न सक्ने एक अद्भूत कलाकार हुन महिला, यस्ता प्रकृतिकका अमूल्य गहनालाई यी समाजका केही नरपशुहरु समाजिक, शारीरिक, मानसिक शोषण गर्ने अमानववीय, अनैतिक र अपाच्य क्रियाक्लाप गर्ने ती पुरुषहरु पनि त कसैका छोरा, कसैको भाई, कसैको बुवा हुन । किन किन बुझ्दैन्न नारी पनि त मानव नै हुन् । उसको पनि त मन छ, उनलाई पनि पिडा हुन्छ, उनको पनि मुटु दुख्छ ।

आँखा बिउझ्दा एफ.एम., टि.भी. अन गर्दा खबर सुन्न तर सधैको खबरको लागी हेडलाईन हुन्छ बालिका बलात्कृत भईन, बृद्धसंग बलात्कार, महिला सहकर्मीसंग दुव्र्यवहार गरियो । स्केले केटी माया–प्रेम स्वीकार्य नगरेपछि केटाले एसिड प्रहार ग¥यो । यस्तै समाचार सुन्न पाईन्छ । यस्तै घट्नाले दिनको सुरुवात हुन्छ हाम्रो नेपालमा ।

कसरी छोरीलाई विद्यालय पढाउने ?

महिला हिंसाका सन्दर्भका धेरै कानुन त बन्यो तर कार्यन्वयन हुन सकेन् । कार्यन्वयन भए पनि व्यक्ति हेरेर अपराधीहरु सजिलै फुत्किए । ति किन न फूत्कियोस् कानुन बनाउने र कार्यन्वयन गर्ने पनि ती ठुल–ठुला पदाधिकारी र तिनका आफन्तहरु नै त हुन । कानुन त गरिब, निमुखा र असहाय जनताको लागी पो हुन्छ । त: नेताका झोलेहरुको लागी होईन् ।

समाजको डर लाग्दो र कहाली लाग्दो महिला हिंसाका घटनाहरु सुन्दा मुटु नै काम्ने, शरीर नै शियिल हुने गर्दछ । यी घट्ना घरबाट सुरु भएर समाज, सहर, राष्ट्र र अन्तर्राष्ट्रियमा नै बढ्दो अवस्थामा रहेको छ । महिलाहरुलाई सामान हक दिनु पर्छ भने आवाजले महिलालाई कता कता हक दिएको जस्तो त लाग्दैन तर महिलाको भविष्य झोले दलदलमा गईरहेको भान हुदैछ । चार वर्षे वा नाबालिकाहरु बलात्कृत हुनु कस्ता पापीहरुको बसेरा रहेको छ, राम्ररी बोल्न पनि नसकिने ती बच्चासंग त्यस्ता पापीहरुले कस्तो कुकर्म गर्दा रहेका छन् । मानव रुपमा जंगली जनावरहरु घुमिरहेका छन् हाम्रो वरिपरि ।

जीतपुरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

0
रोशन गुप्ता /
जीतपुर । आन्तरिक राजस्व कार्यालय सिमराकाे आयाेजनामा आइतबार आर्थिक एेन २०७७ ले व्यवस्था गरेकाे छुट सुविधा (स्कीम सम्बन्धी) करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
 
कार्यक्रममा उधमी व्यवसायीसंग कर शिक्षा, करको दायर, निति , छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा छलफल तथा जानकारी गराइएको थियो । जितपुरसिमरा नगर उधोग बाणिज्य संघको सहकार्यमा भएकाे कार्यक्रममा ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खर मात्र अगाडी बढने प्रयास गरिरहेको भन्दै कर, करजन्य विषय बस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताएकका थिए ।
 
आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीले करको बारेमा हरेक व्यक्तिले आफ्नो कर समयमा तिर्न र लापरवाही गर्दा जरिवाना पनि तिर्नुपर्ने भएकाेले हरेक व्यक्तिले समय सिमामा कर तिर्न करदाताहरुलाई अनुरोध गरेका थिए ।
 
उनले कर तिर्ने करदातालाई आन्तरीक राजस्व कार्यालय सिमराले चाहे जति सहयोग गर्ने वताए ।
 
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षता भएकाे कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष मोहन शर्मा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण शिवजी प्रसाद साहले गरेको थिए ।

कपाल बाट्ने प्रतियाेगिता गरि वीरगंजमा महिला दिवश मनाइयाे

0
वीरगंज । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार: समृद्ध नेपालकाे आधार” नाराकाे साथ वीरगंजमा पनि आइतबार १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएकाे छ ।
 
महिला दिवसकाे अवसरमा वीरगंजकाे घण्टाघर नजिक रहेकाे पार्कमा लैंङ्गिक समानताकाे लागि स्पुन रेस, कपाल बाट्ने र म्युजिकल चेयर प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
 
स्पुन रेस प्रतियोगितामा अनिल सहनी प्रथम, हुकुम सिँह द्वितिय र अमृता सहनी तृतिय भएका थिए । त्यसैगरी, म्युजिकल चेयर प्रतियोगितामा शशिलता गिरी प्रथम, निकिता भट्टराई द्वितिय र कोपिला कुवँरले तृतिय भएका थिए भने कपाल बाट्ने प्रतिोगितामा अरबिन्द सिँह प्रथम, मुकेश गुप्ता द्वितिय र शम्भु साह तृतिय भएका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन गर्दै मेयर सरावगीलेे शिपमुलक तालिमले महिलाहरु आर्थीक रुपमा सबल भएपछि महिलाहरुमाथि हुने हिँसा स्वतः कम हुँदै जाने वताए । उनले अधिकार प्राप्तीका लागी आफै जागरुप हुनुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा समय व्यतित गर्न अपिल गरे ।
 
कार्यक्रमलाई सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा,  वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायतले सम्बोधन गरेका थिए ।
 
प्रतियोगिताकाे विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिति सदस्य जया साहले गरेका थिए ।
 
कार्यक्रम वीरगंज महानगरपालिका, नेपाल ग्रामिण पुननिर्माण संस्था, दिब्य युवा क्लब, युवालय, माइति नेपाल, दलित महिला संघ, पब्लिक एमएम लगायत एक दर्जन भन्दा बढी संस्थाकाे आयाेजनामा भएकाे थियाे । 

एमाले ब्युँतिएकाे भन्दै वीरगंजमा खुशियाली मनाइयाे

0

वीरगञ्ज । सर्वोच्च अदालतकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे भन्दै वीरगंजमा खुशियाली मनाइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता तथा कार्यकर्ताहरुले आइतबार सांझ वीरगंजकाे घण्टाघरमा मैनबती बालेर खुशियाली मनाएका हुन् ।

साे अवसरमा वाेल्दै  संविधान सभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताले सर्वाेच्च अदालतकाे निर्णय सुखद र स्वागत याेग्य भएकाे वताए । उनले सर्वाेच्चकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे बताउदै खुशि समेत व्यक्त गरे ।

नेता गुप्ताले देशमा दुई किशिमकाे कम्युनिष्ट भएकाे वताउदै एउटा सक्ली र एउटा नक्कली कम्युनिष्ट भएकाे वताए । बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उनले गरे ।

कार्यक्रममा सहभागिहरुले नेकपा एमाले जिन्दाबाद, केपी ओली रेलमा भ्रष्टाचारीहरु जेलमा, सूर्य चिन्ह हाम्राे हाे, आज हाेइन् भाेलीलाई १० बर्ष ओलीलाई लगायकाे नाराबाजी समेत गरेका थिए ।

कार्यक्रममा नेकपा नेतृ निर्मला देबकोटा, संबिधान सभा सदस्य प्रद्युम्न चौहान, नेताहरु बिना शर्मा, तेजप्रकाश निषाद, अकलेस साह, हनिफ अन्सारी, श्याम बन्जारा, अनुप तिवारी, सञ्जिब मिश्र लगायतको सहभागिता रहेको थियो ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । अदालतले कट्टेल कै  नेकपालाई मान्यता दिदै निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने जनाएकाे छ ।

नेपाली कांग्रेसद्वारा कालिकामाई गाउँपालिकासंग ११ बुंदे सूचना मांग

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकासंग आइतबार सूचना मांग गरिएकाे छ । गाउँपालिकामा भ्रष्टाचार बढदै गएपछि र सर्वसाधारणले सूचना मांग गर्दा गाउँपालिकाले उपलब्ध नगराएपछि नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाले संगठित रुपमा ११ बुंदे सूचना मागेको हो ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र प्रसाद कुर्मीको नेतृत्वमा गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुरमा दर्जनौंको संख्यामा पुगेका नेता तथा कार्यकर्ताहरुले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह नभेटिएपछि पशु सेवाका अधिकृत मुर्लीधर पाण्डेलाई लिखित सूचनाको निवेदन बुझाएका थिए ।

गाउँपालिकामा कार्यरत स्थायी वा करार कर्मचारीकाे संख्या र नाम, पद सहितकाे विवरण, गाउँपालिकामा रहेकाे सवारी साधनकाे किसिम्म, संख्या र सवारी संचालन हुने ब्यवस्थाकाे विवरण, बिपत ब्यवस्थापनका लागी छुटयाइएको रकम वा कहि कतैबाट प्राप्त भएको रकम, खर्च भएको सम्मपुर्ण विवरण, चालु आर्थि बर्षमा भएकाे सूचना र टेन्डरकाे विवरण उपलब्ध गराउन सूचना माग गरिएको छ ।

यस्तै, गत र चालुु आर्थिक बर्षमा प्राप्त भएको सम्मपुर्ण अनुदान रकम, शिर्षक अनुसारकाे बजेटकाे विवरण, पारित भएको स्वीकृत बजेटबाट वडाहरुमा बिनियोजन भएको कार्यक्रम, याेजना र बजेटकाे विवरण, साे रकमबाट संचालित योजना पुरा भयाे, नभएको, योजना संचालन गर्न अपनाइएको विधिकाे विवरण, गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे योजनाको लागि विनियाेजित बजेट, कार्यक्रम र शिर्षक अनुसारको सम्मपुर्ण विवरण, संचालन गरिएको योजना तथा कार्यक्रमको लागी बिनियाेजित रकम मध्ये खर्च भई बाकी रहेको रकमको शिर्षक अनुसारको विवरण उपलब्ध गराउन पनि माग गरिएकाे छ ।

यस्तै, चालु आ.व. ०७७।०७८ मा स्वीकृत भएको बजेट तथा कार्यक्र शिर्षक अनुसारको खर्च भएको वा खर्च हुन बाकी रहेको पुर्ण विवरण, गत र चालु आर्थिक बर्षमा प्रत्येक वडामा वितरण गरिएको हेन्ड पाईप, धारा, ग्यास, चुल्हा, ग्याससिलिन्डर, कृर्षि स्पेयर टयाकी, कोदालो तथा अन्य सामग्रीहरु कुन कुन बिधीबाट खरिद गरिएको हो सोको सम्पुर्ण विवरण नाम सहित उपलब्ध गराउन, उपरोक्त आ.व.हरुमा संचालन भएको तालिम गोष्ठि, प्रशिक्षण कहा कहा भएको हो र सो तालिम गोष्ठिमा कुन कुन ब्यक्ति सामेल भएका हुन र सो ब्यक्तिहरुलाई के के सामग्री उपलब्ध गराईएको थियो सो सम्बन्धमा खर्च भएको विवरण समेत ब्यक्तिहरुको नामावली उपलब्ध गराउन लगायतकाे ११ बुंदे सूचना माग गरिएकाे गाउँपालिका संयाेजक कुर्मीले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता पंचानन्द मिश्रा, छठु साह, संजय साह गोढ, सिकेन्द्र देवान, छबिलाल महतो, अरबिन्द चौरसिया लगायतकाले सूचनाकाे मागकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय पुगेका थिए ।

सूचना माग गरिएको निवेदन जिल्ला प्रशासन कार्यालय पर्सा, राष्ट्रिय सूचना आयोग काठमाण्डौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा र प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयलाई पनि वोद्धार्थ गरिएको छ ।

छठ घाटकाे लागि ३५ लाखकाे जग्गा खड्काद्वारा दान

0

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ४ बर्वाटाडीमा रहेकाे एक कठ्ठा १० धुर जग्गा एक व्यक्तिले छठ घाटकाे लागि मन्दिरकाे नाममा दान गरेका छन् ।

काठमाडाैं महानगरपालिकाकाे वडा नं. ३ बांसबारी निवासी भिम बहादुर खड्काले ३५ लाख मुल्य पर्ने साे जग्गा दान गरेका हुन् । 

खड्काले फागुन १९ गते मालपाेत कार्यालय पर्सामा पुगी साे जग्गा  पर्सागढी शिव पार्वती मन्दिर व्यवस्थापन समिति बर्वाटाडीकाे नाममा नामसारी समेत गरिसकेका छन् ।

खड्काकाे जग्गा दानले हिन्दुहरुकाे महान चाँड छठ पर्वकाे पूजापाठ गर्न सजिलाे हुुने भएकाे छ । उनकाे जग्गा दानले हिन्दुहरुकाे सांस्कृतिक संरक्षणमा पनि सहयाेग पुगेकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

जग्गा नासारीकाे लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र प्रसाद यादव, सचिव नरेश प्रसाद यादव, सल्लाहकार अच्छेलाल प्रसाद यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशाेर चाैरसिया लगायतकाले मालपाेत कार्यालय पुगेका थिए ।

तेस्रो सखुवा प्रसौनी गोल्डकपको फाईनलमा बारा ११ विजयी

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिक वडा नं. १ मधुवान मथवलमा जारी तेस्रो गोल्ड कप फूटबल प्रतियोगिताको फाईनल खेलमा बारा ११ बारा विजयी भएको छ । पर्सा राईडर युथ क्लबलाई हराउँदै बारा ११ बिजयी भएको हो ।

शनिबार भएको फाईनल खेलमा निरधारित समय भित्र गोल हुन नसकेपछि दुवै टिमले पलान्टी गोल सुटआउटमा पर्सा राईडर ३ गोल गरेको थियो भने बारा ११ ले ४ गोल गरी एक गोलले विजयी भएको थियो । प्रथम विजेता बारा ११ लाई सिल र नगद १ लाख र दोस्रो हुने पर्सा राईडरलाई सिल्ड सहित ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

गाउँपालिका कार्यालयको सहयोग र वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको विजेतालाई पर्सा क्षेत्र नं. ३ निलम्बित संसद हरिनारायण रौनियारले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका उप विजेतालाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पुरस्कार वितरण गरेका थिए ।

वडाध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षतामा भएको प्रतियोगिता समाप्न समारोहमा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, नेपाल राष्ट्रिय माध्यम विद्यालय सिरही सथवलका प्रधानाध्यापक भागवत प्रसाद थारु, वडा सचिव चन्द्रकिशोर पटेल, वडा सदस्य पारस महतो थारु लगायतको उपस्थिती रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको संचालन दिपेन्द्र कडेलले गरेका थिए ।

नेकपा जिल्ला सदस्य स्व.चौधरीको श्रद्धाञ्जलि सभा सम्पन्न

0

रोशन गुप्त/
जितपुर । बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य स्वः दुर्याेधन चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी फागुन ९ गेत मृत्यु भएका चौधरीको १२ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभामा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा बोल्दै नेताहरुले पार्टीले एक कर्मठ र इमन्दार नेता गुमाएको बताएका थिए ।

नेकपा प्रसौनी बाराको आयोजनामा भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता अध्यान्नद पाण्डे, विनोद पटेल, बलविर चौधरी, अयुत मैनाली, ज्वाला साह, अध्यानन्द पाण्डे, देवनरायण चौधरी, उमेश कुश्वाहा लगायतको उपस्थिति रहेको थियो ।

मृतक चौधरीका दुई छोरा र एक छोरी रहेको छन् ।

पिपरामा २ महिलासहित ७१ जनाद्वारा रक्तदान

0

वीरगन्ज । वीरगन्ज महानगर पालिकाको वडा नं. १४ पिपरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा समाज पिपराको आयोजनामा भएको कार्यक्रममा २ महिलासहित ७१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटनका वीरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले रगतमा कुनै जात, धर्मको भिन्नता नरहेन भन्दै सामाजिक भावनालाई जागृत गर्नुपर्ने धारणा राखे । महानगर प्रमुख सरावगीले मानव जीवन रक्षाका लागि अति आवश्यक रगतको अभाव हुन नदिनका लागि महानगरपालिकाले पनि रक्तसञ्चार केन्द्रको स्थापनाका लागि सोच बनाईरहेको बताए ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, वडाध्यक्ष भरत कुर्मी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, नयाँवस्ती टोल सुधार समितिका अध्यक्ष हरि गौतम, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे लगायतको उपस्थिति रहेको थियो ।
रक्तसंचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

वीरगंजमा साईकल रेस प्रतियोगिता सम्पन्न

0

वीरगंज। वीरगंजमा प्रथम महिला तथा पुरुष साईकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ग्यालेक्सी युथ क्लब वीरगंजको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ वीरगंंज–१४ पिपराकी प्रिति पटेल प्रथम, पानीटंकीकी प्रियंका गुप्ता द्वितिय र सबैठवाकी कुसुम खातुन तृतिय भएकी थिईन् ।

त्यसैगरी, पुरुषतर्फ वीरगज रामघढवाका आशिष कुमार बैठा प्रथम, आशोक बाढिकाका नरेश साह द्वितिय, भिस्वाका अवधेश कुमार यादव तृतिय भएको आयोजक क्लबका सदस्य शत्रुधन कुमार पटेलले बताए । प्रतियोगिताका बिजेता प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः रु ११ हजार, रु ५ हजार एक सय र ३ हजार एक सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नेता चौरसियाले साईकल चलाउनु स्वास्थ्यको लागि फाईदा जनक भएको बताए । नेता चौरसियाले यस्ता प्रतियोगिता पालिकाहरुले पनि आयोजना गर्नु पर्ने बताए ।

क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांंग्रेसका नेता जनार्दन सिंह क्षेत्री, पर्सा गढी नगरपालिकाका मेयर लोकनारायण यादव, डा. रोशन कुर्मी, डा. श्यामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो ।