Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नेकपा जिल्ला सदस्य स्व.चौधरीको श्रद्धाञ्जलि सभा सम्पन्न

spot_img
spot_img

रोशन गुप्त/
जितपुर । बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य स्वः दुर्याेधन चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी फागुन ९ गेत मृत्यु भएका चौधरीको १२ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभामा सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा बोल्दै नेताहरुले पार्टीले एक कर्मठ र इमन्दार नेता गुमाएको बताएका थिए ।

नेकपा प्रसौनी बाराको आयोजनामा भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता अध्यान्नद पाण्डे, विनोद पटेल, बलविर चौधरी, अयुत मैनाली, ज्वाला साह, अध्यानन्द पाण्डे, देवनरायण चौधरी, उमेश कुश्वाहा लगायतको उपस्थिति रहेको थियो ।

मृतक चौधरीका दुई छोरा र एक छोरी रहेको छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...