Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

तेस्रो सखुवा प्रसौनी गोल्डकपको फाईनलमा बारा ११ विजयी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिक वडा नं. १ मधुवान मथवलमा जारी तेस्रो गोल्ड कप फूटबल प्रतियोगिताको फाईनल खेलमा बारा ११ बारा विजयी भएको छ । पर्सा राईडर युथ क्लबलाई हराउँदै बारा ११ बिजयी भएको हो ।

शनिबार भएको फाईनल खेलमा निरधारित समय भित्र गोल हुन नसकेपछि दुवै टिमले पलान्टी गोल सुटआउटमा पर्सा राईडर ३ गोल गरेको थियो भने बारा ११ ले ४ गोल गरी एक गोलले विजयी भएको थियो । प्रथम विजेता बारा ११ लाई सिल र नगद १ लाख र दोस्रो हुने पर्सा राईडरलाई सिल्ड सहित ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

गाउँपालिका कार्यालयको सहयोग र वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको विजेतालाई पर्सा क्षेत्र नं. ३ निलम्बित संसद हरिनारायण रौनियारले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका उप विजेतालाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पुरस्कार वितरण गरेका थिए ।

वडाध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षतामा भएको प्रतियोगिता समाप्न समारोहमा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, नेपाल राष्ट्रिय माध्यम विद्यालय सिरही सथवलका प्रधानाध्यापक भागवत प्रसाद थारु, वडा सचिव चन्द्रकिशोर पटेल, वडा सदस्य पारस महतो थारु लगायतको उपस्थिती रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको संचालन दिपेन्द्र कडेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...