Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

तेस्रो सखुवा प्रसौनी गोल्डकपको फाईनलमा बारा ११ विजयी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिक वडा नं. १ मधुवान मथवलमा जारी तेस्रो गोल्ड कप फूटबल प्रतियोगिताको फाईनल खेलमा बारा ११ बारा विजयी भएको छ । पर्सा राईडर युथ क्लबलाई हराउँदै बारा ११ बिजयी भएको हो ।

शनिबार भएको फाईनल खेलमा निरधारित समय भित्र गोल हुन नसकेपछि दुवै टिमले पलान्टी गोल सुटआउटमा पर्सा राईडर ३ गोल गरेको थियो भने बारा ११ ले ४ गोल गरी एक गोलले विजयी भएको थियो । प्रथम विजेता बारा ११ लाई सिल र नगद १ लाख र दोस्रो हुने पर्सा राईडरलाई सिल्ड सहित ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

गाउँपालिका कार्यालयको सहयोग र वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको विजेतालाई पर्सा क्षेत्र नं. ३ निलम्बित संसद हरिनारायण रौनियारले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका उप विजेतालाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पुरस्कार वितरण गरेका थिए ।

वडाध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षतामा भएको प्रतियोगिता समाप्न समारोहमा गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, नेपाल राष्ट्रिय माध्यम विद्यालय सिरही सथवलका प्रधानाध्यापक भागवत प्रसाद थारु, वडा सचिव चन्द्रकिशोर पटेल, वडा सदस्य पारस महतो थारु लगायतको उपस्थिती रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको संचालन दिपेन्द्र कडेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...