Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पिपरामा २ महिलासहित ७१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगर पालिकाको वडा नं. १४ पिपरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा समाज पिपराको आयोजनामा भएको कार्यक्रममा २ महिलासहित ७१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटनका वीरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले रगतमा कुनै जात, धर्मको भिन्नता नरहेन भन्दै सामाजिक भावनालाई जागृत गर्नुपर्ने धारणा राखे । महानगर प्रमुख सरावगीले मानव जीवन रक्षाका लागि अति आवश्यक रगतको अभाव हुन नदिनका लागि महानगरपालिकाले पनि रक्तसञ्चार केन्द्रको स्थापनाका लागि सोच बनाईरहेको बताए ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, वडाध्यक्ष भरत कुर्मी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, नयाँवस्ती टोल सुधार समितिका अध्यक्ष हरि गौतम, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे लगायतको उपस्थिति रहेको थियो ।
रक्तसंचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...