Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पिपरामा २ महिलासहित ७१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगर पालिकाको वडा नं. १४ पिपरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा समाज पिपराको आयोजनामा भएको कार्यक्रममा २ महिलासहित ७१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटनका वीरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले रगतमा कुनै जात, धर्मको भिन्नता नरहेन भन्दै सामाजिक भावनालाई जागृत गर्नुपर्ने धारणा राखे । महानगर प्रमुख सरावगीले मानव जीवन रक्षाका लागि अति आवश्यक रगतको अभाव हुन नदिनका लागि महानगरपालिकाले पनि रक्तसञ्चार केन्द्रको स्थापनाका लागि सोच बनाईरहेको बताए ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, वडाध्यक्ष भरत कुर्मी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, नयाँवस्ती टोल सुधार समितिका अध्यक्ष हरि गौतम, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे लगायतको उपस्थिति रहेको थियो ।
रक्तसंचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...