Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

कपाल बाट्ने प्रतियाेगिता गरि वीरगंजमा महिला दिवश मनाइयाे

spot_img
spot_img
वीरगंज । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार: समृद्ध नेपालकाे आधार” नाराकाे साथ वीरगंजमा पनि आइतबार १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएकाे छ ।
 
महिला दिवसकाे अवसरमा वीरगंजकाे घण्टाघर नजिक रहेकाे पार्कमा लैंङ्गिक समानताकाे लागि स्पुन रेस, कपाल बाट्ने र म्युजिकल चेयर प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
 
स्पुन रेस प्रतियोगितामा अनिल सहनी प्रथम, हुकुम सिँह द्वितिय र अमृता सहनी तृतिय भएका थिए । त्यसैगरी, म्युजिकल चेयर प्रतियोगितामा शशिलता गिरी प्रथम, निकिता भट्टराई द्वितिय र कोपिला कुवँरले तृतिय भएका थिए भने कपाल बाट्ने प्रतिोगितामा अरबिन्द सिँह प्रथम, मुकेश गुप्ता द्वितिय र शम्भु साह तृतिय भएका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन गर्दै मेयर सरावगीलेे शिपमुलक तालिमले महिलाहरु आर्थीक रुपमा सबल भएपछि महिलाहरुमाथि हुने हिँसा स्वतः कम हुँदै जाने वताए । उनले अधिकार प्राप्तीका लागी आफै जागरुप हुनुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा समय व्यतित गर्न अपिल गरे ।
 
कार्यक्रमलाई सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा,  वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायतले सम्बोधन गरेका थिए ।
 
प्रतियोगिताकाे विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिति सदस्य जया साहले गरेका थिए ।
 
कार्यक्रम वीरगंज महानगरपालिका, नेपाल ग्रामिण पुननिर्माण संस्था, दिब्य युवा क्लब, युवालय, माइति नेपाल, दलित महिला संघ, पब्लिक एमएम लगायत एक दर्जन भन्दा बढी संस्थाकाे आयाेजनामा भएकाे थियाे । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...