Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जीतपुरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

spot_img
spot_img
रोशन गुप्ता /
जीतपुर । आन्तरिक राजस्व कार्यालय सिमराकाे आयाेजनामा आइतबार आर्थिक एेन २०७७ ले व्यवस्था गरेकाे छुट सुविधा (स्कीम सम्बन्धी) करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
 
कार्यक्रममा उधमी व्यवसायीसंग कर शिक्षा, करको दायर, निति , छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा छलफल तथा जानकारी गराइएको थियो । जितपुरसिमरा नगर उधोग बाणिज्य संघको सहकार्यमा भएकाे कार्यक्रममा ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खर मात्र अगाडी बढने प्रयास गरिरहेको भन्दै कर, करजन्य विषय बस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताएकका थिए ।
 
आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीले करको बारेमा हरेक व्यक्तिले आफ्नो कर समयमा तिर्न र लापरवाही गर्दा जरिवाना पनि तिर्नुपर्ने भएकाेले हरेक व्यक्तिले समय सिमामा कर तिर्न करदाताहरुलाई अनुरोध गरेका थिए ।
 
उनले कर तिर्ने करदातालाई आन्तरीक राजस्व कार्यालय सिमराले चाहे जति सहयोग गर्ने वताए ।
 
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षता भएकाे कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष मोहन शर्मा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण शिवजी प्रसाद साहले गरेको थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...