Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जीतपुरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

spot_img
spot_img
रोशन गुप्ता /
जीतपुर । आन्तरिक राजस्व कार्यालय सिमराकाे आयाेजनामा आइतबार आर्थिक एेन २०७७ ले व्यवस्था गरेकाे छुट सुविधा (स्कीम सम्बन्धी) करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
 
कार्यक्रममा उधमी व्यवसायीसंग कर शिक्षा, करको दायर, निति , छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा छलफल तथा जानकारी गराइएको थियो । जितपुरसिमरा नगर उधोग बाणिज्य संघको सहकार्यमा भएकाे कार्यक्रममा ५० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खर मात्र अगाडी बढने प्रयास गरिरहेको भन्दै कर, करजन्य विषय बस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताएकका थिए ।
 
आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीले करको बारेमा हरेक व्यक्तिले आफ्नो कर समयमा तिर्न र लापरवाही गर्दा जरिवाना पनि तिर्नुपर्ने भएकाेले हरेक व्यक्तिले समय सिमामा कर तिर्न करदाताहरुलाई अनुरोध गरेका थिए ।
 
उनले कर तिर्ने करदातालाई आन्तरीक राजस्व कार्यालय सिमराले चाहे जति सहयोग गर्ने वताए ।
 
जितपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षता भएकाे कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष मोहन शर्मा लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण शिवजी प्रसाद साहले गरेको थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...