Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

एमाले ब्युँतिएकाे भन्दै वीरगंजमा खुशियाली मनाइयाे

spot_img
spot_img

वीरगञ्ज । सर्वोच्च अदालतकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे भन्दै वीरगंजमा खुशियाली मनाइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता तथा कार्यकर्ताहरुले आइतबार सांझ वीरगंजकाे घण्टाघरमा मैनबती बालेर खुशियाली मनाएका हुन् ।

साे अवसरमा वाेल्दै  संविधान सभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताले सर्वाेच्च अदालतकाे निर्णय सुखद र स्वागत याेग्य भएकाे वताए । उनले सर्वाेच्चकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे बताउदै खुशि समेत व्यक्त गरे ।

नेता गुप्ताले देशमा दुई किशिमकाे कम्युनिष्ट भएकाे वताउदै एउटा सक्ली र एउटा नक्कली कम्युनिष्ट भएकाे वताए । बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उनले गरे ।

कार्यक्रममा सहभागिहरुले नेकपा एमाले जिन्दाबाद, केपी ओली रेलमा भ्रष्टाचारीहरु जेलमा, सूर्य चिन्ह हाम्राे हाे, आज हाेइन् भाेलीलाई १० बर्ष ओलीलाई लगायकाे नाराबाजी समेत गरेका थिए ।

कार्यक्रममा नेकपा नेतृ निर्मला देबकोटा, संबिधान सभा सदस्य प्रद्युम्न चौहान, नेताहरु बिना शर्मा, तेजप्रकाश निषाद, अकलेस साह, हनिफ अन्सारी, श्याम बन्जारा, अनुप तिवारी, सञ्जिब मिश्र लगायतको सहभागिता रहेको थियो ।

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । अदालतले कट्टेल कै  नेकपालाई मान्यता दिदै निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...