Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेपाली कांग्रेसद्वारा कालिकामाई गाउँपालिकासंग ११ बुंदे सूचना मांग

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकासंग आइतबार सूचना मांग गरिएकाे छ । गाउँपालिकामा भ्रष्टाचार बढदै गएपछि र सर्वसाधारणले सूचना मांग गर्दा गाउँपालिकाले उपलब्ध नगराएपछि नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाले संगठित रुपमा ११ बुंदे सूचना मागेको हो ।

नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र प्रसाद कुर्मीको नेतृत्वमा गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुरमा दर्जनौंको संख्यामा पुगेका नेता तथा कार्यकर्ताहरुले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह नभेटिएपछि पशु सेवाका अधिकृत मुर्लीधर पाण्डेलाई लिखित सूचनाको निवेदन बुझाएका थिए ।

गाउँपालिकामा कार्यरत स्थायी वा करार कर्मचारीकाे संख्या र नाम, पद सहितकाे विवरण, गाउँपालिकामा रहेकाे सवारी साधनकाे किसिम्म, संख्या र सवारी संचालन हुने ब्यवस्थाकाे विवरण, बिपत ब्यवस्थापनका लागी छुटयाइएको रकम वा कहि कतैबाट प्राप्त भएको रकम, खर्च भएको सम्मपुर्ण विवरण, चालु आर्थि बर्षमा भएकाे सूचना र टेन्डरकाे विवरण उपलब्ध गराउन सूचना माग गरिएको छ ।

यस्तै, गत र चालुु आर्थिक बर्षमा प्राप्त भएको सम्मपुर्ण अनुदान रकम, शिर्षक अनुसारकाे बजेटकाे विवरण, पारित भएको स्वीकृत बजेटबाट वडाहरुमा बिनियोजन भएको कार्यक्रम, याेजना र बजेटकाे विवरण, साे रकमबाट संचालित योजना पुरा भयाे, नभएको, योजना संचालन गर्न अपनाइएको विधिकाे विवरण, गाउँपालिका अध्यक्ष र उपाध्यक्षकाे योजनाको लागि विनियाेजित बजेट, कार्यक्रम र शिर्षक अनुसारको सम्मपुर्ण विवरण, संचालन गरिएको योजना तथा कार्यक्रमको लागी बिनियाेजित रकम मध्ये खर्च भई बाकी रहेको रकमको शिर्षक अनुसारको विवरण उपलब्ध गराउन पनि माग गरिएकाे छ ।

यस्तै, चालु आ.व. ०७७।०७८ मा स्वीकृत भएको बजेट तथा कार्यक्र शिर्षक अनुसारको खर्च भएको वा खर्च हुन बाकी रहेको पुर्ण विवरण, गत र चालु आर्थिक बर्षमा प्रत्येक वडामा वितरण गरिएको हेन्ड पाईप, धारा, ग्यास, चुल्हा, ग्याससिलिन्डर, कृर्षि स्पेयर टयाकी, कोदालो तथा अन्य सामग्रीहरु कुन कुन बिधीबाट खरिद गरिएको हो सोको सम्पुर्ण विवरण नाम सहित उपलब्ध गराउन, उपरोक्त आ.व.हरुमा संचालन भएको तालिम गोष्ठि, प्रशिक्षण कहा कहा भएको हो र सो तालिम गोष्ठिमा कुन कुन ब्यक्ति सामेल भएका हुन र सो ब्यक्तिहरुलाई के के सामग्री उपलब्ध गराईएको थियो सो सम्बन्धमा खर्च भएको विवरण समेत ब्यक्तिहरुको नामावली उपलब्ध गराउन लगायतकाे ११ बुंदे सूचना माग गरिएकाे गाउँपालिका संयाेजक कुर्मीले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता पंचानन्द मिश्रा, छठु साह, संजय साह गोढ, सिकेन्द्र देवान, छबिलाल महतो, अरबिन्द चौरसिया लगायतकाले सूचनाकाे मागकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय पुगेका थिए ।

सूचना माग गरिएको निवेदन जिल्ला प्रशासन कार्यालय पर्सा, राष्ट्रिय सूचना आयोग काठमाण्डौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा र प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयलाई पनि वोद्धार्थ गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...