Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा साईकल रेस प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज। वीरगंजमा प्रथम महिला तथा पुरुष साईकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ग्यालेक्सी युथ क्लब वीरगंजको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ वीरगंंज–१४ पिपराकी प्रिति पटेल प्रथम, पानीटंकीकी प्रियंका गुप्ता द्वितिय र सबैठवाकी कुसुम खातुन तृतिय भएकी थिईन् ।

त्यसैगरी, पुरुषतर्फ वीरगज रामघढवाका आशिष कुमार बैठा प्रथम, आशोक बाढिकाका नरेश साह द्वितिय, भिस्वाका अवधेश कुमार यादव तृतिय भएको आयोजक क्लबका सदस्य शत्रुधन कुमार पटेलले बताए । प्रतियोगिताका बिजेता प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः रु ११ हजार, रु ५ हजार एक सय र ३ हजार एक सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नेता चौरसियाले साईकल चलाउनु स्वास्थ्यको लागि फाईदा जनक भएको बताए । नेता चौरसियाले यस्ता प्रतियोगिता पालिकाहरुले पनि आयोजना गर्नु पर्ने बताए ।

क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांंग्रेसका नेता जनार्दन सिंह क्षेत्री, पर्सा गढी नगरपालिकाका मेयर लोकनारायण यादव, डा. रोशन कुर्मी, डा. श्यामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...