Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजमा साईकल रेस प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज। वीरगंजमा प्रथम महिला तथा पुरुष साईकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ग्यालेक्सी युथ क्लब वीरगंजको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ वीरगंंज–१४ पिपराकी प्रिति पटेल प्रथम, पानीटंकीकी प्रियंका गुप्ता द्वितिय र सबैठवाकी कुसुम खातुन तृतिय भएकी थिईन् ।

त्यसैगरी, पुरुषतर्फ वीरगज रामघढवाका आशिष कुमार बैठा प्रथम, आशोक बाढिकाका नरेश साह द्वितिय, भिस्वाका अवधेश कुमार यादव तृतिय भएको आयोजक क्लबका सदस्य शत्रुधन कुमार पटेलले बताए । प्रतियोगिताका बिजेता प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः रु ११ हजार, रु ५ हजार एक सय र ३ हजार एक सय पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नेता चौरसियाले साईकल चलाउनु स्वास्थ्यको लागि फाईदा जनक भएको बताए । नेता चौरसियाले यस्ता प्रतियोगिता पालिकाहरुले पनि आयोजना गर्नु पर्ने बताए ।

क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांंग्रेसका नेता जनार्दन सिंह क्षेत्री, पर्सा गढी नगरपालिकाका मेयर लोकनारायण यादव, डा. रोशन कुर्मी, डा. श्यामबाबु प्रसाद लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...