Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

छठ घाटकाे लागि ३५ लाखकाे जग्गा खड्काद्वारा दान

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ४ बर्वाटाडीमा रहेकाे एक कठ्ठा १० धुर जग्गा एक व्यक्तिले छठ घाटकाे लागि मन्दिरकाे नाममा दान गरेका छन् ।

काठमाडाैं महानगरपालिकाकाे वडा नं. ३ बांसबारी निवासी भिम बहादुर खड्काले ३५ लाख मुल्य पर्ने साे जग्गा दान गरेका हुन् । 

खड्काले फागुन १९ गते मालपाेत कार्यालय पर्सामा पुगी साे जग्गा  पर्सागढी शिव पार्वती मन्दिर व्यवस्थापन समिति बर्वाटाडीकाे नाममा नामसारी समेत गरिसकेका छन् ।

खड्काकाे जग्गा दानले हिन्दुहरुकाे महान चाँड छठ पर्वकाे पूजापाठ गर्न सजिलाे हुुने भएकाे छ । उनकाे जग्गा दानले हिन्दुहरुकाे सांस्कृतिक संरक्षणमा पनि सहयाेग पुगेकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

जग्गा नासारीकाे लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र प्रसाद यादव, सचिव नरेश प्रसाद यादव, सल्लाहकार अच्छेलाल प्रसाद यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशाेर चाैरसिया लगायतकाले मालपाेत कार्यालय पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...