Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

छठ घाटकाे लागि ३५ लाखकाे जग्गा खड्काद्वारा दान

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ४ बर्वाटाडीमा रहेकाे एक कठ्ठा १० धुर जग्गा एक व्यक्तिले छठ घाटकाे लागि मन्दिरकाे नाममा दान गरेका छन् ।

काठमाडाैं महानगरपालिकाकाे वडा नं. ३ बांसबारी निवासी भिम बहादुर खड्काले ३५ लाख मुल्य पर्ने साे जग्गा दान गरेका हुन् । 

खड्काले फागुन १९ गते मालपाेत कार्यालय पर्सामा पुगी साे जग्गा  पर्सागढी शिव पार्वती मन्दिर व्यवस्थापन समिति बर्वाटाडीकाे नाममा नामसारी समेत गरिसकेका छन् ।

खड्काकाे जग्गा दानले हिन्दुहरुकाे महान चाँड छठ पर्वकाे पूजापाठ गर्न सजिलाे हुुने भएकाे छ । उनकाे जग्गा दानले हिन्दुहरुकाे सांस्कृतिक संरक्षणमा पनि सहयाेग पुगेकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

जग्गा नासारीकाे लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र प्रसाद यादव, सचिव नरेश प्रसाद यादव, सल्लाहकार अच्छेलाल प्रसाद यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशाेर चाैरसिया लगायतकाले मालपाेत कार्यालय पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...