Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 812

स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

0

एजेन्सी । इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आइतबार घरेलु मैदानमा क्रोएसियालाई १(० ले हरायो ।

लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे । उनले क्याल्भिन फिलिप्सको पासमा गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

जितपछि इंग्ल्याण्डले समूह डी मा ३ अंक जोडेको छ ।

चीनलाई टक्कर दिन जीसेभेन देशले के योजना बनाएका छन् ?

0

एजेन्सी । चीनलाई टक्कर दिन चाहना राख्ने जीसेभेन देशका नेताले निम्न र मध्यम आय भएका देशलाई समर्थन गर्ने योजना अपनाएका छन् । जीसेभेन देशले यस्ता देशलाई उत्कृष्ट आधारभूत ढाँचा निर्माण गर्न मद्दत गर्ने योजना बनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले अमेरिका समर्थित ‘बिल्ड ब्याक वेटर वर्ल्ड’ (बीथ्रीडब्ल्यू) योजना, यसै प्रकारको चिनियाँ योजनाको अगाडि एउटा उच्च गुणस्तरको विकल्पको रुपमा खडा होस् भन्ने चाहना राखेको बताए ।

चीनको ‘बेल्ट एण्ड रोड परियोजना (बीआरआई) ले थुप्रै देशमा रेल, सडक र बन्दगाहलाई सुधार्नका लागि आर्थिक मद्दत गरेको छ । तर यो कुराका लागि चीनको आलोचना पनि हुने गर्दछ । यसो चीनले केही देशलाई ऋणमा डुबाएपछि तीमाथि आफ्नो शासन जमाउने कोसिस गरिरहेको धेरैले आरोप लगाएका छन् ।

जीसेभेन नेताले एक संयुक्त बयानमा भने, ‘हामीहरु मूल्य–मान्यताद्वारा सञ्चालित, उच्च मापदण्ड भएको, एक पारदर्शी साझेदारीलाई पेश गर्नेछौं ।’ यद्यपि, यसलाई जीसेभेन योजना अन्तर्गत कसरी वित्त पोषण गरिनेछ भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी दिइएको छैन । जर्मन चान्सलर एंजेला मर्केलले जीसेभेनको यो योजना वित्त पोषणबारे जानकारी दिने अवस्थामा नभएको बताएकी छिन् । अमेरिका विशेष रुपमा चीनको तथाकथित ‘ऋण कूटनीति’ आलोचना गर्ने गर्छ । जीसेभेनमा संसारका सात सर्वाधिक धनी लोकतान्त्रिक देश सामेल छन् । यसमा अमेरिका र बेलायतबाहेक क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन् । बेलायत यसपटक जी–सेभेन सम्मेलनको आयोजक हो । बेलायतको कारबिस बे रिजोर्टमा यो तीन–दीवसीय सम्मेलन आयोजित गरिएको छ । यो सम्मेलनको समापन आइतबार बेलुका हुनेछ ।

चीनलाई टक्कर दिने अमेरिकी योजनाः

बीबीसी नर्थ–अमेरिका एडिटर जो सोपेलका अनुसार शनिबार अमेरिकी प्रतिनिधिले जीसेभेनको बैठकमा विश्वभर चीनको बढ्दो प्रभुत्वको सबैभन्दा बढी चर्चा गरे । यसमा चीनले जसरी विकासशील देशमा करोडौं डलर खर्च गरिरहेको छ, पश्चिमी देशले त्यसबारे सोच्नुपर्ने र त्यसको काउन्टर तयार गर्नुपर्ने बताइयो । यो बैठकमा केही वरिष्ठ अधिकारीले यो प्रमाणित गर्ने पूरा कोसिस गरे कि पश्चिमी देशको मूल्य मान्यता प्रबल छ । उनीहरुले चिनियाँ लगानी संसारको अधिकांश देशमा ठूलै मूल्य सहित आइरहेको तर्क दिए । उनीहरुका अनुसार चीनले शिनजियांगका अल्पसंख्यक वीगर मुसलमानमार्फत् जबर्जस्ती श्रम गराइरहेको र चीनले लगानीको आफ्नो तरिकामार्फत् निष्पक्ष प्रतिस्पर्धालाई बाधित गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्लोबल सप्लाई चेनलाई यस्तो प्रकारको श्रमबाट मुक्त गराउनुपर्ने कुरामा जोड दिए । अमेरिकी अधिकारीले यो बैठकमा चीनसँग सामना गर्ने विषयमा मात्रै नभई संसारको अगाडि एउटा सकारात्मक विकल्प पेश गर्नेबारे पनि भएको बताएका छन् । जोन सोपेलका अनुसार बाइडेन प्रशासन यो अन्तरराष्ट्रिय योजनामा पश्चिमी देशले कति योगदान दिनेछन् र कति समय–सीमामा दिनेछन् भन्ने कुरामा अस्पष्टता छ । उनले भने, ‘यद्यपि, उनको कुराले स्पष्ट हुन्छ कि उनी चीनको बढ्दो शक्ति र उसको प्रभुत्वको सामना गर्नका लागि नयाँ ढङ्गले दृढ संकल्प गरिरहेका छन् ।’
पश्चिमी देशले हालसम्म चीनको विषयका के गरे ?

यस वर्षको सुरुवातमा अमेरिका, युरोपेली युनियन, बेलायत र क्यानडाले चीनमाथि समन्वित प्रतिबन्ध लगाएका थिए जसमा यात्रा प्रतिबन्ध र सम्पत्ति फ्रिज गरिने समावेश थियो । यसबाहेक यी देशले शिनजियांगमा वरिष्ठ अधिकारीलाई लक्षित गरे जसमाथि विगर मुसलमानविरुद्ध मानवाधिकारको उल्लंघनको गम्भीर आरोप लगाएका थिए ।

रिपोर्टका अनुसार चीनले उत्तर–पश्चिमी शिनजियांग प्रान्तमा कथित रुपमा लाखौं विगर मुसलमानलाई पक्राउ गरेर, क्याम्पमा राखिएको छ र चीन प्रशासनले उनीहरुलाई जबर्जस्ती मजदुरी गराउँछन् । चीन प्रशासनमाथि यो पनि आरोप लागेको छ कि उनीहरु विगर मुस्लिम महिलाको बन्ध्याकरण गराइरहेको र विगर बच्चाहरुलाई उनीहरुको परिवारबाट अलग गरिँदै छ । बीबीसी

हर्षवर्धनले प्रेम खुलासा गरिदिएपछि रिसाइन् कट्रिना

0

नायिका कट्रिना कैफ नायक रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहिन् । यसपछि, आफ्नो जीवनलाई नयाँ तरिकाले अगाडि बढाउँदै गरेकी कट्रिना पछिल्लो केही महिनादेखि भने नायक विक्की कौशलको प्रेममा छिन् । तर, कैफ आफ्नो प्रेमको खबरलाई छताछुल्ल पार्ने मुडमा भने छैनन् ।

यसैले, यसपटक प्रेमलाई गोप्य रुपमा नै अगाडि बढाउने सोच उनको छ । तर, केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको पुष्टी गरिदिएका थिए । प्रेम सम्बन्ध सार्वजनिक भएपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् । हर्षवर्धन र कट्रिनाविच खासै नजिकको सम्बन्ध छैन ।

अर्कोतिर, कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती लिनुपर्ने वुझाई कैफको छ । हर्षवर्धनलाई आफ्नो निजी बिषयमा बोल्ने अधिकार नभएको भन्दै कट्रिना उनीसँग रुष्ट बनेकी हुन् । केही सार्वजनिक कार्यक्रममा एकसाथ देखिएपछि कट्रिना र विक्कीको प्रेम चर्चा बलिउडमा सुरु भएको थियो ।

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

0

मुम्बई । फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् ।

पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् । कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।

१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् ।
बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी ः द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् । दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।–एजेन्सी

९६ जनाको परीक्षण गर्दा फेरी भटिए १५ कोरोना संक्रमित

0

वीरगंज । पर्साका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा ९६ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएका मध्ये पर्साका ९ जना, बाराका ३ जना, रौतहटका २ जना र सर्लाहीका एक जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायाण सिंहले बताए ।

संक्रमित हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रमितहरु ८ बर्षदेखी ६५ वर्ष उमेर समूहको रहेका छन् । उनीहरुको सिटी भ्यालु १२ देखी ३५ सम्म रहेको डा. सिंहले जानकारी दिए ।

वीरगंजका युवाहरुद्वारा संचालित हेल्प डेस्ककाे समापन, हेल्पलाईन संचालन

0

वीरगंज । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला युवा वचन संस्थाले बिरगंज नगरवासीका सहयोगको लागि हेल्प डेस्कको स्थापना गरेको थियो तर हेल्प डेस्कले वीरगंज लगायत अन्य ठाउँका मानिसहरुलाई पनी सहयोग गरेको छ।

महामारीको बेला कोइ भोको पेट ना रहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन्न परिवारलाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगतको समस्यालाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोगको उदेश्यले हेल्प डेस्कको स्थापना गरिएको थियो ।

आइतबार हेल्प डेस्कले २३ औ दिनमा आएर आफ्नो हेल्प डेस्कलाई समापन गरि हेल्प लाईनको नामले संचालन गरेको छ । हेल्प डेस्कले २३ दिनमा वीरगंजमा मात्र नभएर अरु ठाउँ ठाउँमा पुगेर ६५० गरिब परिवारलाई राहत समेत बितरण गरेको थियाे ।

साथै २१ बिपन परिवारलाई निशुल्क औषधी र ४३ परिवारलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएकाे हेल्प डेस्कका ओउम् कुमार झाले वताए । हेल्प डेस्कले २३ दिनमा वीरगंज लगायत अन्य ठाउँहरुबाट नगद ३ लाख , ९०० किलो चामल, १५५ किलो दाल, २०० किलो आलु, ५ कार्टुन तेल, २ बोरा प्याज, १०० प्याकेट आटाको सहयोग प्राप्त गरेको थियाे ।

साथै जगदम्बा स्टीलका संचालक पवन गुप्ताले तिस हजारको औषधी हेल्प डेस्कलाई सहयोग गरेका थिए । हेल्पडेस्कलाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटरका अवधकिशोर चैरसियाले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्कका संयोजक किशन सर्राफको नेतृत्वमा संचालनमा आएकाे हेल्प डेस्कको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

समापन कार्यक्रममा मुकेश अग्रवाल, पवन गुप्ता, राज रुंगटा, परमानन्द कादमिया, दिपक टीब्रेवाल लगायतको उपस्तिथी रहेकाे थियो । हेल्प हेस्कले संचालनमा ल्याएकाे हेल्प लाईन नम्बर ९८५५०८८२७२, ९८०४२६४००१ रहेकाे छ ।

गोर्खाद्वारा नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयाेग

0

वीरगंज । नारायणी अस्पताल वीरगंजलाई ३ थान भेन्टिलेटर सहयोग प्राप्त भएको छ । भेन्टिलेटर अभावमा कोभिडका बेला धेरैले ज्यान गुमाएको भन्दै आउँदा दिनमा बिरामीले अकालमै ज्यान नगुमाउन भनेर गोर्खा सिमेट्रिज ट्रष्ट हङकङ र अभियन्ताद्वय युकेस राई र सञ्जय राईले अस्पताललाई ३ थान भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

नारायणी अस्पताल सामान्यदेखि कोभिड विरामी उपचार गर्ने थलो भएकाले अस्पतालमा आवश्यक रहेको स्वास्थ्य उपकरण भेन्टिलेटर उपलब्ध गराएको ट्रष्टले जनाएको छ । गोर्खा सिमेट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले आइतबार एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई साे भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मणी कुमार सुनुवार, महासचिव भजान्नद राई, सचिव शान्ता माया परियार, कोषाध्यक्ष रञ्जु राई, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, भुमि व्यवस्था समितिकि अध्यक्ष विना शर्मा, नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदय नारायण सिंह, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, उप महासचिव शिवजी गुप्ता, सचिव विमल पौडेल, केन्द्रिय सदस्य अखिलेश साह, नेकोस वीरगंज महानगरपालिका संयोजक जयाद अन्सारी लगायतको उपस्थिति रहेको युवा अभियन्ता तथा नेकोस सचिव रामकिशोर सिंह (पराग) ले जानकारी दिए ।

ठेकेदार र जनप्रतिनिधिका कारण पुल निर्माण नहुँदा सिंगो गाउँनै सास्ती खेप्दै

0

वीरगंज । बाराको करैयामाई गाउँपालिका वडा नं. ८ बेलाही र ईटहर गाउँ जोड्ने मुख्य सडक विचमा पर्ने तियर नदीमा पुल निर्माण नहुँदा स्थानिय बर्षौ देखि सास्ती खेप्दै आएका छन । खासगरी बर्षायाममा नदीमा बाढी आउँदा बेलाही गाउँका करिब ९ सय परिवार हप्तौसम्म गाउँ बाहिर निस्किन सक्दैनन् । वर्षायामभरि त्यहाँका बासिन्दाहरुलाई निकै सास्ती हुदै आएको छ ।

अहिले सम्म बेलाही गाउँसंग अन्य सडक संञ्जाल पनि जोडिएको छैनन् । एकमात्र सडक बेलाही र ईटहर हो । जनताको हारगुहार पछि पुल बनाउँन प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मा करिब १० करोड रुपैया बजेट निकासा गरी सकेका छन ।

भौतिक पूर्वाधार कार्यालयले वीरगन्जले पुल निर्माणको लागि टेण्डर मार्फत कलैयाकै विनोद साह निर्माण कम्पनीलाई जिम्मा समेत दिएको छ । पुल निर्माणको लागि तामझामका साथ शिलान्यास गरिएपनि हालसम्म निर्माणको प्रकृया अगाडी बढाईएको छैन ।

स्थानिय अगुवा राजकिशोर चौधरीले पुलको शिलान्यास गर्न प्रदेशका मन्त्री देखि क्षेत्रका सांसद, गाउँपालिकाका मेयर लगायतका नेताहरु आएका थिए । शिलान्यास गरिएपनि हालसम्म पुल निर्माण कार्य अगाडी बढाईएको छैन । उनले भने, वीरगन्ज, कलैया जाने मुख्य सडक हो यो । पुल निर्माणको ठेक्का पाएको ठेकेदारले भ्रष्ट्रचार गर्न तियर नदीको पुल निर्माण नगरी सानो कलर्भटकाे पुल निर्माणमा लागेको उनको आरोप छ ।

अर्का स्थानिय राजकिशाेर चाैधरी भने “बेलाही टोलको नजिकै राम्रो सडक सुविधा रहेको छ तर सडकसम्म पुग्न खोला तर्नुपर्छ । जुन खोलामा हालसम्म पुल निर्माण भएको छैन । सरकार फेरिए, नेता फेरिए । सबैले पुल निर्माण गरिदिने वाचा गर्दै भोट पनि लिए तर अहिले पुल निर्माण हुन लाग्दा राजनितिक पूर्वाग्रही राखेर पुल निर्माण अलपत्रमा पारेको छ ।”

स्थानियले सुनिता पासवानले गाउँका कुनै महिलालाई सुत्केरी व्यथा शुरु हुँदा सबैभन्दा बढी उनै समस्यामा पर्ने गरेको दुखेसो सुनाईन । उनले भनिन “गाउँमा एम्बुलेन्स पुग्न सक्दैन । यहाँ प्राथमिक अस्पतालको पनि व्यवस्था छैन । वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर नरही चौकमा छ । जहाँसम्म वर्षायाममा पुग्न कठिन छ । राति कसैलाई समस्या भइहाले बिहानसम्म कुर्नु पर्ने, घरमै बच्चा जन्माउनु पर्ने अथवा अकालमै ज्यान गुमाउनु पर्ने समस्या विगत लामो समयदेखि गाउँमा विद्यमान रहेको छ ।”

बेलाही गाउँमा रहेको तियर नदी निर्माणको लागि स्थानियले बर्षौदेखि माँग गर्दै आएका थिए । निर्वाचित जनप्रतिनिधिले दुईवटा नदीमा पुल निर्माणको लागि संघ र प्रदेश सरकार गुहार गरे । पुल निर्माणको लागि संघ र प्रदेश कार्यालयले बजेट समेत निकासा गरीसकेको छ ।

संघ र प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार विकास कार्यालय र योजना आयोगसँग विनोद साह निर्माण कम्पनीका संचालक शेषनाथ साहले दुईवटै पुल निर्माण गर्ने ठेक्का सकार गरी सम्झौता गरेको छ । तर सम्झौता भएको लामो समय भइसक्दा पनि तियर नदीको पुल निर्माण शुरु गर्न सकेको छैन ।

बेलाहीमै परसानवाको सानो कल्भर्टमा पुल निर्माण गर्न संघ र गाउँपालिकाले करिब ५ करोड ७५ लाख रुपैया बजेट निकासा गरीसकेको छ । त्यही बजेट कुम्लयाउँन ठेकेदार र गाउँपालिकाका प्रमुखले तियर नदीको पुल निर्माण नगरी सानो कल्र्भटमा पुल बनाउँने तयारी गरेपछि स्थानिय विरोधमा उत्रेका छन ।

कल्भर्टमा पुलको आवश्यकता छैन, न त कल्भर्टमा पानी नै आउँने गरेको छ । कल्भर्टको मुहान थुनिएको १० बर्षभन्दा बढी भईसकेको छ, स्थानिय कोसलेश चौधरीले भने, कम बजेटमा बढी फाईदा हुने भएकोले हतार हतार गरेर यो कल्भर्ट निर्माणका गाउँपालिका प्रमुख र ठेकेदार कम्पनी लागि परेको छन् ।

गाउँपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र साहले जनताको प्राथमिकता अनुसार तियर नदीमा पुल निर्माण गर्नुपर्ने बताउँदै यसको लागि आवश्यक पहल गरीरहेको बताए । तियर नदी भन्दा पहिला टेन्डर परसानवा पुलको भएपनि निर्माण कम्पनी एउटै रहेको हुनाले पहिलो प्राथमिकता तियर नदीको पुललाई दिनुपर्ने बताए ।

बर्षाै पहिला तियर नदीमा सानो पुल रहेको थियो । बाढीले पुल बगाएपछि हालसम्म नदीमा पुल बन्न सकेको छैन । स्थानीयहरुका अनुसार खोलाले पुल बगाएको झण्डै ३० बर्ष भइसक्यो । तर अहिले सम्म पुल निर्माणको प्रकृया अगाडी बढेको छ ।

मुख्य बाटोको पुल निर्माण नगर्नु तथा बाटो नै नरहेको ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउनुलाई द्वन्द्व बढाउने खेल र भ्रष्टाचार गर्ने जालो बुनेको स्थानिय अगुवाहरुको भनाई छ । उनीहरुले यो कार्यको दोष स्थानिय जनप्रतिनिधिहरुलाई लगाउँदै आएका छन् । स्थानीयहरुले समस्या समाधानको लागि गाउँपालिकाको न्यायिक समितिका उजुरी समेत दिएका छन् ।

पर्सामा केही परिमार्जन सहित असार ६ सम्म निषेधाज्ञा थपियाे

0

वीरगंज । पर्सामा जारी निषेधाज्ञा असार ६ गते सम्म थप गरिएकाे छ । दाेस्राे चरणकाे काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि बैशाख १६ गतेदेखी जिल्ला भरी जारी निषेधाज्ञा छेठाै पटक थप गरिएकाे हाे ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधाज्ञा आदेशलाई केही परिमार्जन सहित निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैशाख ३० गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भरी बैशाख ६ गते राती १२:०० बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएकाे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

थप गरिएकाे निषेधाज्ञा अवधिमा औषधी उपचार प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा जारी आदेशमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कने र हिँडडुल नगर्ने । घरबाट बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नु पर्ने छ ।

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध (बीउबीजन लगायतका) पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध/नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ ।

बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८:०० बजे देखी विहान ८:०० बजेसम्म गर्न पाइने जारी निषेधाज्ञामा उल्लेख छ ।