Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

गोर्खाद्वारा नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयाेग

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजलाई ३ थान भेन्टिलेटर सहयोग प्राप्त भएको छ । भेन्टिलेटर अभावमा कोभिडका बेला धेरैले ज्यान गुमाएको भन्दै आउँदा दिनमा बिरामीले अकालमै ज्यान नगुमाउन भनेर गोर्खा सिमेट्रिज ट्रष्ट हङकङ र अभियन्ताद्वय युकेस राई र सञ्जय राईले अस्पताललाई ३ थान भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

नारायणी अस्पताल सामान्यदेखि कोभिड विरामी उपचार गर्ने थलो भएकाले अस्पतालमा आवश्यक रहेको स्वास्थ्य उपकरण भेन्टिलेटर उपलब्ध गराएको ट्रष्टले जनाएको छ । गोर्खा सिमेट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले आइतबार एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई साे भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मणी कुमार सुनुवार, महासचिव भजान्नद राई, सचिव शान्ता माया परियार, कोषाध्यक्ष रञ्जु राई, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, भुमि व्यवस्था समितिकि अध्यक्ष विना शर्मा, नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदय नारायण सिंह, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, उप महासचिव शिवजी गुप्ता, सचिव विमल पौडेल, केन्द्रिय सदस्य अखिलेश साह, नेकोस वीरगंज महानगरपालिका संयोजक जयाद अन्सारी लगायतको उपस्थिति रहेको युवा अभियन्ता तथा नेकोस सचिव रामकिशोर सिंह (पराग) ले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...